×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

२८ मंसिर २०८२

२७ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग एनपीएल २०२५ को निर्णायक मोडमा आज उपाधिका निम्ति सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिँदैछन् । आजको विजेता जो बनेपनि एनपीएलमा इतिहास बन्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ‘हाउसफूल’ दर्शकमाझ सुदूरपश्चिम आफ्नो वर्चस्व कायम राख्दै पहिलो पटक च्याम्पियन बन्न चाहन्छ । यता, लुम्बिनी गत सिजनको चोटलाई उपाधिले निको पार्ने लक्ष्यमा छ ।

खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुने तालिका छ । “प्रतियोगिता दौरान कुनै समय हामीलाई प्लेअफसम्म आइपुग्न पनि सबै खेल जित्नु पर्ने दबाब थियो । अब अन्तिम एक खेलमा पनि यस्तै लय रहनेछ भन्ने आशा लिएको छुँ,” दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जितपछि फाइनलबारे लुम्बिनी लायन्सका ब्याटर डार्सी शर्टले भने ।

गत सिजन सबैभन्दा खराव प्रदर्शनसहित तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको टिम हो, लुम्बिनी लायन्स । यो सिजन पनि १४० रनको औसत ब्याटिङ भए पनि लिग चरणको आफ्नो चौथो खेलदेखि पछिल्ला पाँच खेलमा लगातार जितसहित लुम्बिनीले फाइनल यात्रा तय गरेको छ ।

लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हारको नतिजासँगै आठ अंक जोड्दै चौथो स्थानसहित लुम्बिनी प्लेअफमा आएको थियो । जहाँबाट लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसहित दोस्रो क्वालिफायर यात्रा तय ग¥यो ।

दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको सहज जित निकालेसँगै लुम्बिनी गत सिजनको पिडा भुलाउँदै फाइनल प्रवेश गरेको हो । लुुम्बिनीले लिग चरणको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

तर, यसपछिका लगातार तीन खेलमा हार बेहोरेपछि लुम्बिनीले प्लेअफ पुग्न लिगका बाँकी सबै खेल जित्नुपर्ने समीकरण बनेको थियो । लुम्बिनी दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटले, तेस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २२ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग नै १४३ रनले पराजित भएको थियो ।

तर, पाँचौँ खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको, छैटौँ खेलमा विराटनगर किंग्सविरुद्ध पाँच विकेटको र सातौँ खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकालेको थियो ।

“फाइनल पक्कै पनि फरक हुनेछ । हामी साँच्चै यो उपाधि जित्न चाहन्छौँ । दोस्रो स्थान खासै राम्रो हुँदैन । हामी त्यहाँबाट उठ्न आवश्यक छ,” फाइनलअघि सुदूरपश्चिमका बलर स्कट कुग्गेलिनले गत वर्षको निराशा र यो वर्षको आत्मविश्वास एकैपटक सुनाए ।

गत सिजन पनि यस्तै लयसहित सुदूरले फाइनल यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा जनकपुरसँग निराश हुँदा एनपीएल च्याम्पियन बन्ने सपना सुदूरले पूरा गर्न पाएन । यस सिजन लिग चरणका सातमध्ये ६ जितसहित सुदूरले १२ अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो ।

प्लेअफको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको कीर्तिमानी ९रनका आधारमा यो सिजनकै फराकिलो० जितसहित सुदूरले लगातार दोस्रो पटक फाइनलमा स्थान सुनिश्चित ग¥यो । ‘फ्यान फेबरेट’ सुदूरपश्चिम नै क्रिकेट विश्लेषकको नजरमा पनि उपाधिको मुख्य दाबेदार हो ।

सुदूरपश्चिमले लिग चरणका पहिलोदेखि ६ खेलसम्म लगातार जित निकालेको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरले दोस्रो संस्करणको पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो ।

दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले, चौथो खेलमा लुम्बिनीलाई नै सात विकेटले, पाँचौँ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले र छैटौँ खेलमा चितवनलाई ४९ रनले निराश बनाएको थियो ।

लिग चरणको सातौँ खेलमा भने सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो । लिग चरणको अन्तिम खेलमा विराटनगरसँग हार बेहोरे पनि पहिलो क्वालिफायरमा भने सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको टिमलाई नै निराश बनाएको थियो ।

यही सानदार लयसहित लगातार फाइनल आएको सुदूरपश्चिमले आफ्नो प्रभुत्व प्रमाणित गर्दै उपाधिमा बदल्नेछ वा पुछारबाट उठेको लुम्बिनीले सिजनकै सबैभन्दा ठूलो चमत्कार पूरा गर्दै च्याम्पियन बन्नेछ ?

यसको जवाफ कीर्तिपुरले आज साँझ ७ बजेसम्ममा सुनाउनेछ । कीर्तिपुरले जुन नतिजा दिनेछ त्यो एनपीएलका लागि नयाँ च्याम्पियनका रुपमा नयाँ इतिहास बन्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top