योगेन्द्र योगी
२९ जेठ, दोहा ।
कुवेतबाट अल जजिरा एयरवेजको पहिलो जहाज उडेको छ । लामो समय देखि कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर सेल्टरमा बसेका २९९१ जना नेपालीहरु मध्ये दुई जहाजमा ११ जना बालबालिका सहित ३६६ जना नेपाली महिलाहरु छन् ।
पहिलो जहाज कुवेतको समय अनुसार बिहान ३ भनिए पनि ढिलो गरि ४ः२५ मिनेट जादा उडेको हो भने दोस्रो जहाज पनि केहि ढिलो गरि ६ बजे उडान गर्ने तयारीमा रहेको छ । अहिले दोश्रो जहाजको पनि बोडिङ्ग भैरहेको छ ।
आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची कुवेतस्थित नेपाली दूताबासले परराष्ट्रलाई बुझाएको थियो । यसरी फर्काइने नेपालीहरुको निसुल्क रुपमा स्वास्थ परिक्षण गरि उडानको पनि निशुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ ।
उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई पठाई दिने भनेको थियो । विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरुले दूतावासमा फारम भरेको दूताबास स्रोतले जनाएको छ ।
अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएका थिए ।