Nepal Times
Nepal Times
3
Shares

आज गरिएको ५०१२ परीक्षणमध्ये ३१८ जनामा संक्रमण

आज गरिएको ५०१२ परीक्षणमध्ये ३१८ जनामा संक्रमण

७ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा ५ हजार १२ जनामा गरीएको पीसीआर परीक्षणमा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ छ भने क्वारेन्टाइनमा १७२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ३८३ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९७५ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.