Nepal Times
Nepal Times
3
Shares

आज थपिए मात्र ८१ कोरोना संक्रमित, ४८ जना डिस्चार्ज

आज थपिए मात्र ८१ कोरोना संक्रमित, ४८ जना डिस्चार्ज

१६ फागुन, विराटनगर । नेपालमा आज मात्र ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ६५ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ ।

कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ । योसंगै अहिलेसम्म मृत्यु हुनेको संख्या २७७३ पुगेको छ ।

देशभर आज सक्रिय संक्रमित ९६७ छ भने क्वारेन्टिनमा जम्मा ६२ जना मात्र छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.