Nepal Times
Nepal Times
3
Shares

आज थपिए २७० संक्रमित, ३९० जना डिस्चार्ज

आज थपिए २७० संक्रमित, ३९० जना डिस्चार्ज

२ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ छ भने क्वारेन्टाइनमा २३१ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ३९० जना निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९४८ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.