Nepal Times
Nepal Times
3
Shares

आज थप १२८१ जनामा कोरोना, सक्रिय संक्रमित ७ हजार नाघे

आज थप १२८१ जनामा कोरोना, सक्रिय संक्रमित ७ हजार नाघे

६ वैशाख, विराटनगर । पछिल्लो २४ घण्टामा एक हजार २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

७ हजार १ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५ सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण देखिएको छ ।

एन्टिजेनसहित पछिल्लो २४ घण्टामा एक हजार २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना निको भएका छन् । अहिले नेपालमा ७ हजार दुई सय ५४ जना सक्रिय सङ्क्रमित छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.