Nepal Times
Nepal Times
3
Shares

आज थप ३०२ जनामा संक्रमण, ४८० जना डिस्चार्ज हुँदा थप ७ को मृत्यु

आज थप ३०२ जनामा संक्रमण, ४८० जना डिस्चार्ज हुँदा थप ७ को मृत्यु

९ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ छ भने क्वारेन्टाइनमा १५८ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ४८० जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९८६ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.