२२ पौष,काठमाण्डौ ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १८.०९ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.८५ प्रतिशतले बढेर २१४३.९३ बिन्दुमा पुगेर बन्द भएको छ।नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।

गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ पुगेको छ।यस दिन २५९ वटा धितोपत्रको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच भएको छ।

बिहीबार पाँच कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।यस दिन सर्वाधिक मूल्य घट्नेमा सिटिजन्स म्युचुअल फण्ड रहेको छ।उक्त योजना मूल्य ३.०३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँमा झरेको छ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य २.८८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९१२ रुपैयाँमा झरेको छ।बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ।यस दिन उक्त कम्पनीको २ हजार ९६९ रुपैयाँ ९० पैसामा ४३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.१९ प्रतिशत बढेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर कम्पनी रहेकोे छ। उक्त कम्पनीको ५४३ रुपैयाँ ७० पैसामा २१ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.३४ प्रतिशत र अन्य समूहको परिसूचक ०.८७ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ।त्यस्तै, लगानी समूहको परिसूचक ३.१४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.०१ प्रतिशतले बढेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top