×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आज पनि ७ सडक पूर्णरूपमा अ व रु द्ध, कुन सडकको अवस्था कस्तो छ ?

२२ आश्विन २०८२

२२ असोज , काठमाण्डौ ।

वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विभिन्न सडकका पाँच स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ ।

संखुवासभाको भोटखोला र मकालुमा कोशी राजमार्ग, इलामको इलाम नगरपालिका–९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ ।

त्यसैगरि सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ । त्यसैगरि आज धनकुटाको पाख्रिवास नगरपालिका–५ मा मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोसी लोकमार्गमा एकतर्फी गाडी चलेका छन् ।

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका– ११ घट्टेपाखामा पनि सवारी साधन एकतर्फी गुडिरहेका छन् ।

सिन्धुलीको मरिण गाउँपालिका– २ सिन्दुरेस्थित मदन भण्डारी राजमार्ग पनि आज एकतर्फी बन्द भएको छ । एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ ।

यसैबीच असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताएका छन् ।

अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो मर्मतका लागि उपकरण र जनशक्ति परिचालन गरिएको भन्दै उनले भइरहेका कामको निममित अनुगमन भइरहेको पनि जानकारी दिएका छन् । यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मची राजमार्गमा पुगेको छ।

मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बाढी पहिरोबाट क्षति भएको कोशी राजमार्ग, मध्यपहाडी सडक, हुलाकी सडक, अरनिको राजमार्ग, कान्ति लोकपथ, नारायणघाट—मुग्लिङल राजमार्ग लगायतका सडकको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसैबीच आज पनि कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

देशका पहाडी भागका थोरै ठाउँ तथा तराइ भागका एक÷दुई ठाउँमा दिउँसो मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव तथा अरु क्षेत्रमा मनसुनी एवम् स्थानीय वायुको कमजोर प्रभाव रहेको महाशाखाले जनाएको छ । गएराति नवलपरासीको बर्दघाट आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ ।

त्यस्तै कर्णाली, सुदूरपश्चिमका थोरै तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षा भएको छ । गएको जेठ १५ मा पूर्वबाट नेपाल भित्रिएको मनसुन अस्ति असोज २० गतेदेखि बाहिरिन थालेको छ ।

यसवर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भागको धेरै ठाउँहरू र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै ठाउँबाट बाहिरिसकेको छ । मनसुनी वायू कमजोर हुँदै गएको र बाँकी भागबाट पनि मनसुन बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top