×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आज भारत भर्सेस इंग्ल्याण्ड, अफ्रिकासँग फाइनल खेल्ने को ?

१४ असार २०८१

१३ असार, एजेन्सी ।

अफगानिस्तानविरुद्ध कीर्तिमानी जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका तेस्रो प्रयासमा फाइनलमा पुग्न सफल भएको हो । जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो ।

यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको थियो । सुपर ८ मा समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका तेस्रोपटक सेमिफाइनलमा पुगेको थियो । अफगानिस्तान भने समूह १ को उपविजेताका रूपमा पहिलो पटक अन्तिम चारमा पुगेको थियो । एकपक्षीय बनेको सेमिफाइनलमा अफगानिस्तानले दिएको मात्र ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।

दोस्रो विकेटका लागि रिजा हेनरिक र कप्तान एडेन मक्रमले ५५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले खेल सहजै जितेको हो । रिजा २९ र मक्रम २३ रनमा नटआउट रहे । ओपनर क्वीन्टन डी कक ५ रन बनाउँदा फजहक फारुकीको बलमा बोल्ड आउट भए ।त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले बिर्सनलायक प्रदर्शन गर्दै ११.५ ओभरमा मात्र ५६ रनमा अलआउट भएको थियो ।

यो विश्वकपको सेमिफाइनल इतिहासमा अहिलेसम्मकै कम योगफल हो । समूह चरण र सुपर ८ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको अफगानिस्तान दक्षिण अफ्रिकाको घातक बलिङसामु लामो समय क्रिजमा टिक्न सकेन । अजमतुल्लाह ओमरजाइले बनाएको १० रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंककोे स्कोर छुन सकेनन् । अफगानिस्तानका ४ ब्याटर बोल्ड आउट भए ।

तीन ब्याटर क्याच आउट र तीन खेलाडी एलबीडब्लु आउट भए । अफगानिस्तानलाई कम स्कोरमा रोक्न मार्को जोसन र तबरैज साम्सीले समान ३ विकेट लिए । कागिसो रवाडा, एनरिच नोर्टेजले समान २ विकेट झारे ।समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्डस्लाई ४ विकेटको जितेको थियो ।

समूह चरणको आफ्नो तेस्रो खेलमा बंगलादेशलाई ४ रनले पराजित गर्दा नेपालमाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो । सुपर ८ मा आयोजक अमेरिकालाई १८ रनले हराउँदा इङल्यान्डविरुद्ध ७ रनको जित निकालेको थियो । सुपर ८ मा नै अर्को आयोजक वेस्ट इन्डिजलाई डिएलएस मेथडमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

उता सुपर ८ भारतसँग ४७ रनले पराजित हुँदा दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पाखा लगाएको थियो । सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनको जित दर्ता गर्दै विश्वकपको इतिहासमा नै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । समूह चरणमा न्युजिल्यान्ड र सुपर ८ मा अस्ट्रेलियालाई हराएको टोली उच्च मनोबलमा छ ।

अब आज राती हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डले खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको ८ः१५ बजे सुरु हुनेछ । यसअघि टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । जोस बटलर र एलेक्स हेल्सको कप्तानीमा रहेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई लज्जास्पद हार चखाएको थियो । २०२२ को बदला लिनका लागि भारतलाई आज मौका रहेको छ । अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ ।

नकआउट खेलमा भारतीय टोली फेरि एक पटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको सेनासँग भिड्नेछ । टी–२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतको अग्रता छ । भारतले १२ खेल जितेको छ भने इङ्ल्यान्डले ११ खेलमा जितको स्वाद चाखेको छ । टी–२० विश्वकपको इतिहासमा इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।

यो खेलमा भारतले फेरि रोहित शर्माबाट बलियो प्रदर्शनको अपेक्षा गरेको छ । अस्ट्रेलियाविरुद्ध उनको ब्याट चलेको थियो । उनले ९२ रनको तुफानी पारि खेल्दै स्टार्क र प्याट कमिन्सलाई ध्वस्त पारेका थिए । आजको खेलमा पनि उनीबाट यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ । रोहितको साथमा विराट कोहली देखिनेछन् । तर, स्टार ब्याट्सम्यानको फर्म चिन्ताको विषय बनेको छ । हालसम्म जारी प्रतियोगितामा उनले ६६ रन मात्र बनाउन सकेका छन् ।

यस्तो अवस्थामा फेरि एक पटक यशस्वी जैसवालले बाहिर बस्नु पर्ने हुनसक्छ । उनी अहिलेसम्म प्लेइङ ११ मा परेका छैनन् ।यसैगरी इंग्ल्याण्डका कप्तान जोस बटलरको भारतविरुद्ध उत्कृष्ट कीर्तिमान छ । आफ्नो ठूला छक्काको साथ, बटलरले कुनै पनि टोलीलाई घुँडा टेकाउन सक्छन् । अमेरिकाविरुद्धको अन्तिम खेलमा उनले स्पिनर हरप्रीतलाई लगातार ५ छक्का प्रहार गरेका थिए ।

यस विश्वकपको ६ इनिङ्समा बटलरले ४८ को औसतमा १९१ रन बनाएका छन् । त्यसैगरी इङ्लिस लेग स्पिनर आदिल रसिद अहिले उत्कृष्ट फर्ममा छन् । उनले यो विश्वकपमा ७ खेलमा ९ विकेट लिएका छन् । उनले ओमानविरुद्ध ११ रन दिएर ४ विकेट लिए, जसको मद्दतमा इंग्ल्याण्डले ओमानलाई ४७ रनमा अलआउट गरेको थियो । यो खेल इंग्ल्याण्डका लागि यो विश्वकपको महत्त्वपूर्ण खेल थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top