×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आज महाशिवरात्रि, शिवको प्रिय दिन, पर्वहरुको पर्व

१४ फाल्गुन २०८१

१४ फागुन, काठमाण्डौ ।

आज हिन्दु धर्मालम्वीहरुको महान पर्व महाशिवरात्रि । महाशिवरात्रि भगवान शिवको प्रमुख पर्व हो । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । आज काठमाडौंमा रहेको पशुपतिनाथ सहित देशभरका शिवमन्दिरमा विहानै देखि भिड रहेको छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

आज शिवको दिन , शिव ति भगवान जसको आकार छैन्, जसलाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जसको रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिन सक्छ, ति शिवको विशेष अनि प्रिय दिन हो आज ।

शिव अर्थात त्यो तत्व जुन छ पनि र छैन पनि, आजको आधूनिक विज्ञानले सम्पूर्ण कुराहरु जुन श्रोतबाट आउँछ त्यसैमा विलिन हुन्छन् भनि अणु अनि परमाणु अवयवहरुको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान शिवको अस्तित्वले संसार अनि श्रृष्टीलाई एउटा दृष्टान्त दिईनैरहेको छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ ।

पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो ।

यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् ।

महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने एउटा मान्यता रहेको छ । भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए ।

यही कारणले नै महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकन्ठ पनि भनिन्छ । नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि पशुपष् िक्षेत्रमा विशेष सुरक्षा र ट्राफिक व्उवस्थापनको योजना बनाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

यस वर्ष महाशिवरात्रिमा साधुसन्तलगायत भारतीय दर्शनार्थी बढी आउने कोषले बताएको छ । भारतको प्रयागमा भइरहेको कुम्भमेलाको कारण यस वर्ष गत वर्षभन्दा बढी साधुसन्त पशुपतिनाथ आउने कोषले जनाएको छ ।

आज दर्शनार्थीका सवारीसाधनको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्वेश्वरीपारि करिडोर सडकमा गर्ने व्यवस्था मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू पार्किङ गराइएको छ ।

यस्तै, पशुपति विकास कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका साधन पार्किङको व्यवस्था मिलाएको छ । विभिन्न नाका भई भित्रने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी विनोद घिमिरेले बताएका छन् ।

शिवरात्रि अवधिभर भक्तजनको सहज आवागमनका निम्ति प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा ८९० ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएकाृ कार्यालयले जनाएको छ । पशुपति विकास कोषका सुरक्षा व्यवस्था उपसमिति एवं सदस्य सचिव डा. मिलन कुमार थापाका अनुसार मन्दिर बिहान साढे २ बाट खुलेको छ।

दर्शनार्थीको लागि ३६ घण्टा मन्दिर खुला गरिनेछ । त्यस्तै यस वर्ष ५ लाख बढी दर्शनार्थीले मन्दिर दर्शन गर्ने कोषको अनुमान छ । दर्शन गर्नका लागि बाहिर ४ वटा लाइनको व्यवस्था गरिएको छ भने भित्रको लागि पासको व्यवस्था नभएको कोषले जनाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top