Nepal Times
Nepal Times
3
Shares

आज सामाजिक सुरक्षा दिवस,प्रधानमन्त्रीबाट शुभकामना व्यक्त

आज सामाजिक सुरक्षा दिवस,प्रधानमन्त्रीबाट शुभकामना व्यक्त

११ मंसिर, काठमाडौं ।

आज योगदानमा आधारित सामाजिक सुरक्षा दिवस मनाइँदै छ । २०७५ मंसिर ११ गते औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउनेघोषणा गर्नुभएको थियो ।

नीजि क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरु अनिवार्य रुपमा समेटिने गरी अघि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १ लाख बढी श्रमिक र ११ हजार बढी रोजगारदाता सूचिकृत भएका छन् । रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेपछि योगदानको रकम मासिक रुपमा कोषमा जम्मा गर्नु पर्ने हुन्छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा दिवसको सन्दर्भमा आज शुभकामना सन्देश दिँदै सम्पूर्ण मानव जातीको सुरक्षा र सुरक्षाको सुनिश्चतताका लागि सबैमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सुरक्षा सामाजिक जीवनको समाज सञ्चालनको अभिन्न अङ्गको रुपमा रहेको भन्दै प्रधानमन्त्री ओलीले तदअनुसारको काम भइरहेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई नयाँ युगको प्रारम्भ भएको पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.