Nepal Times
Nepal Times
3
Shares

आज १,७४१ संक्रमित थपिँदा ४,००५ जना डिस्चार्ज

आज १,७४१ संक्रमित थपिँदा ४,००५ जना डिस्चार्ज

१० कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ । हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ४३ हजार २ सय ९३ जना छन् ।

त्यसैगरी २ हजार ९ सय ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.