Nepal Times
Nepal Times
3
Shares

आज २६६ संक्रमित थपिँदा ४०० डिस्चार्ज

आज २६६ संक्रमित थपिँदा ४०० डिस्चार्ज

४ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ छ भने क्वारेन्टाइनमा २३१ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४०० जना निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९५९ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.