×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

२० मंसिर २०८२

१९ मंसिर, काठमाण्डौ ।

पाकिस्तानका फिल्ड मार्शल आसिम मुनिर देशको पहिलो चिफ अफ डिफेन्स फोर्सेज (सीडीएफ) नियुक्त भएका छन् । विहीबार पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले उनलाई सो पदमा नियुक्त गर्ने औपचारिक स्वीकृति दिएका छन् ।

उनलाई यो पद पाँच वर्षको कार्यकालका लागि दिइएको छ । प्रधानमन्त्री शहबाज शरिफले पठाएको सिफारिस पत्रमा सेना प्रमुख र सीडीएफ दुवै पदमा नियुक्त गर्न अनुरोध गरिएकोमा राष्ट्रपतिले यो स्वीकृति दिएका हुन् ।

गत महिना पाकिस्तानको संसद्ले २७औँ पटक संविधान संशोधन पारित गरेको थियो, जसअन्तर्गत सीडीएफको पद सिर्जना गरिएको हो । यो पदको उद्देश्य देशको रक्षा संरचनामा एकीकृत कमान्ड सुनिश्चित गर्नु र जरुरी परिस्थितिमा छिटो निर्णय प्रक्रिया बलियो बनाउनु हो ।

सीडीएफ पदले चेयरम्यान, जोइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेएससी)को स्थान लिएको छ, जुन पद अब हटाइएको छ । प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार, प्रधानमन्त्रीले पहिले आसिम मुनिरलाई सेना प्रमुख र सीडीएफ दुवै पदमा नियुक्त गर्ने प्रस्ताव मन्जुर गरेका थिए ।

आसिम मुनिरलाई नोभेम्बर २०२२ मा सेना प्रमुख नियुक्त गरिएको थियो । त्यस समय उनको कार्यकाल तीन वर्षको थियो । तर, २०२४ मा यसलाई बढाएर पाँच वर्ष पारिएको थियो । अब भने उनी देशको पहिलो रक्षा बल प्रमुख र सेना प्रमुख दुवै पदमा नियुक्त भएका हुन् ।

उनले दुवै पद पाँच वर्षका लागि सम्हाल्नेछन् । यससँगै मुनीर एकैपटक दुवै पद सम्हाल्ने पहिलो पाकिस्तानी सैन्य अधिकारी बनेका हुन् । यसैगरी, वायु सेना प्रमुख जहीर अहमद बाबर सिद्धुको कार्यकाल थप दुई वर्ष बढाइएको छ, जुन मार्च २०२६ पछि लागू हुनेछ ।

नोभेम्बर १२ मा पाकिस्तानी संसदले २७ औं संवैधानिक संशोधन पारित गरेको थियो, जसले सेनाको शक्ति बढायो। सो संशोधनअन्तर्गत मुनीरलाई रक्षा बल प्रमुख बनाइएको हो। यो पदसँगै उनले पाकिस्तानको आणविक हतियारको कमान्ड पनि लिएका छन्, जसले उनलाई देशको सबैभन्दा शक्तिशाली व्यक्ति बनाएको छ।

मुनीरलाई नोभेम्बर २९, २०२२ मा सेना प्रमुख बनाइएको थियो। उनको मूल कार्यकाल नोभेम्बर २८, २०२५ मा सकिएको थियो। गत वर्ष संसदले सेना प्रमुखको कार्यकाल तीन वर्षबाट पाँच वर्ष बनाउने कानून पारित गरेको थियो।

गत महिना गरिएको संशोधनले संयुक्त सेना प्रमुखहरुको समितिको अध्यक्षको सट्टा रक्षा बल प्रमुखको नयाँ पद सिर्जना गरेको थियो । नोभेम्बर २७ मा संयुक्त सेना प्रमुखहरुको समितिको अध्यक्ष साहिर शमशाद मिर्जा अवकाशमा गएपछि मुनीरलाई रक्षा बल प्रमुख नियुक्त गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top