Nepal Times
Nepal Times
3
Shares

आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाइँदै

२९ असार, काठमाडौं ।
आज आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्मजयन्ती ।  प्रत्येक असार २९ गतेका दिन उनको सम्झनामा ‘भानुजयन्ती’ मनाउने गरिन्छ ।

भानु जयन्तीको देशभर विभिन्न कार्यक्रम गरिने भएपनि यसवर्ष कोरोना महामारीका कारण रोकिएका छन् । तर काव्यानुरागी र भाषासेवीहरूले भानु योगदानको स्मरण गरी श्रद्धापूर्वक उनको जन्मजयन्ती मनाउँदै छन् ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएका थिए । उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए।

उनका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका हुन् । आचार्यको विसं १९२५ असोज ६ गतेका दिन निधन भएको थियो ।

यसैबीच, भानुभक्तकाे जन्मस्थल रहेकाे तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा साेमबार सार्वजनिक बिदा दिएकाे छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिएकाे बताएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.