×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएका हुन् ?

२६ फाल्गुन २०८१

२६ फागुन , काठमाण्डौ ।

आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले देखाएको प्रदर्शन र सहभागितालाई अहिलेको गणतान्त्रिक व्यवस्थालाई नै त चुनौती नठानिए पनि सत्तामा रहेका र सत्ता पर्खिरहेका दलहरुलाई भने अवस्य चेतावनी दिएको छ ।

नेता र दलहरु अब पनि नसुध्रिने हो भने हिजो देखिएको जनलहर व्यवस्थाको विरुद्धमा नभएपनि उनीहरुको विरुद्धमा भने अझै बढ्नेमा शंका छैन । भलै पूर्वराजाको समर्थनमा आइतबार जनलहर उर्लिएको थियो, तर त्यो अहिलेको व्यवस्थाको आडमा नेताहरुको दलालीपनबाट उब्जिएको जनआक्रोश पनि थियो ।

त्यसैले त पूर्वराजाको जयजयकारसंगै प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि दिनभर नै विरोधका नारा सुनिए । ओली देशको वर्तमान कार्यकारी प्रमुख भएर हो उनको मात्रै नाममा विरोध सुनिएको ।

तर यो विरोध गणतन्त्र आएपछि देशको शासनसत्तामा हालिमुहाली गर्ने सबै प्रधानमन्त्रीहरु, मन्त्री, सरकार, सत्तारुढ र विपक्षी सबै दल र तिनका नेताहरुविरुद्ध पनि हो । जसले कुर्सीभन्दा पर केही देखेनन्, सत्ताको खेलबाहेक केही जानेनन् ।

जनतालाई कहिल्यै आफ्नो ठानेनन् । यिनले यतिसम्म पारे कि जनतालाई उचित विकल्पसम्मको बाटो राखिदिएका छैनन् । अनि आजित भएर जनता पुरानै व्यवस्था ठिक भन्ने ठाउँमा पुगे र त्यसका लागि अब सडकमा पनि आउन थाले ।

वास्तवमा यो दलहरुलाई वार्निङ बेल हो । अब नसच्चिए, सक्किने बाटोतिर लागिन्छ भन्ने अलिकति डर राखे अहिलेको व्यवस्था र उनीहरुको भविष्य पनि सप्रिने छ । अब हिजो देखिएको अर्को पाटोको चर्चा गरौं ।

हिजो राष्ट्रिय झन्डा, बाजागाजा, शंख, झ्याली, ज्ञानेन्द्र शाहको तस्बिरसहित प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गर्दै उनको निवाससम्म पुर्याएका थिए । र यो भिडमा एउटा यस्तो फोटो पनि देखियो, जो यतिबेला भाइरल भइरहेको छ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका भारतीय जनता पार्टी (भाजपा) का नेता योगी आदित्यनाथको फोटो पनि प्रदर्शनकारीले बोकेका थिए । योगी आदित्यनाथको फोटोमुनि ’राजसंस्था पुनस्र्थापना गरौं, हिन्दुवादी प्रदीपविक्रम राणा’ लेखिएको थियो ।

पूर्वराजा शाहको स्वागत कार्यक्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको फोटो देखिएपछि यसलाई लिएर सामाजिक सञ्जालहरूमा चर्चा भएको छ । राजतन्त्र पक्षधरहरुलाई भारतले र विशेषरुपले योगी र उनको दल भाजपाले अहिलेको गतिविधि गर्न सघाएको भन्दै टिकाटिप्पणी हुन थालेका छन्

यो क्रम बढेपछि राप्रपाले यसको खण्डन गरेको छ । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले योगी आदित्यनाथको तस्बिर नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् । सांसदसमेत रहेका शाहीले सोमबार बिहान फेसबुकमा लेखेका छन्, हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ ।

उनले लेखेका छन्, नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन, छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ! माक्स ,लेलिन, माओ कुन देशका हुन ?

यता यसैबीच काठमाडौं महानगरपालिकाले भने राप्रपालाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो ।

महानगरले आइतबार काटेको पत्रमा भनिएको छ, ‘ प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’

पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ । तर यता राप्रपाले भने यो जरिबाना नतिर्ने भएको छ । पार्टीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राप्रपा र राजसंस्थाप्रति वक्रदृष्टि लगाएको आरोप समेत लगाएको छ ।

यसअघि पनि राप्रपा र राजधानीको दरबारमार्गमा एमालेले कार्यक्रम गर्दा समेत महानगरले जरिबानाको निर्णय गरेको थियो । तर, एमालेले उक्त जरिवाना एमालेले तिर्न अस्वीकार गरेको थियो । यसबीच प्रहरीले गृहमा गरेको रिपोर्टिङ अनुसार आइतबारको प्रदर्शनमा सबै ठाउँ गरी कम्तिमा १५ हजार प्रदर्शनकारी सहभागी थिए ।

तर, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भने सबैतिर गरेर एक लाखको हाराहारीमा मानिसहरु उपस्थित भएको दाबी गरेका छन् । राप्रपा नेताहरुले पछिल्लो समय बढ्दै गएको माहोललाई देखाएर गणतन्त्रवादी नेताहरुलाई ‘नवीन समझदारी’का लागि तयार रहन चेतावनी दिइरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top