×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आदिपुरुषका लेखकले मागे माफी

२३ असार २०८०

२३ असार, एजेन्सी ।
रामायणबाट प्रभावित दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले जनताको भावनालाई स्वीकार गर्ने भन्दै अन्ततः माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि सुरुमा माफी माग्न अस्वीकार गरेका उनले सामाजिक सञ्जाल ट्विटरमार्फत क्षमायाचना गरेका हुन् ।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू घाइते भएको भन्दै भनेका छन्, “सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।” उनले फिल्मबाट जनभावनामा चोट पुगेको स्वीकार गर्दै क्षमायाचना गरेका हुन् ।

ओम राउतको फिल्म आदिपुरुष रिलिजयता भारतसहित नेपाल र श्रीलंकामा यसको व्यापक विरोध भयो । फिल्मका संवादलाई लिएर दर्शकहरूले फिल्मको आलोचना गरेका थिए । लेखक मुंतशिरले विवादपछि नेपाल भारतकै हिस्सा थियो भन्ने अभिव्यक्तिले फिल्म थप आलोचित बनेको थियो ।

नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाइएको थियो भने उनले लेखेका संवाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका विभिन्न अदालतमा सो चलचित्रविरुद्ध मुद्दा दर्ता भएको थियो ।

टपोरी भाषामा चलचित्रका संवाद राखिएको भन्दै विवादमा परेपछि केही संवाद सच्च्याए पनि लेखक शुक्लाले आलोचनाको प्रतिवाद गर्दै आएका थिए । जसका कारण सो फिल्म आफनो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top