Nepal Times
Nepal Times
3
Shares

आन्ध्रप्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभाव हुँदा ११ संक्रमितको मृत्यु

आन्ध्रप्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभाव हुँदा ११ संक्रमितको मृत्यु

२८ वैशाख, काठमाडौँ । भारतको आन्ध्र प्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार चित्तूर जिल्लाको तिरुपतिस्थित एसभीआर रुइया अस्पतालमा सोमबार राति अक्सिजनको अभाव देखिएको हो ।

करिब पाँच मिनेट अक्सिजन आपूर्तिमा समस्या आउँदा आईसीयूमा उपचार गराइरहेका ११ बिरामीको मृत्यु भएको थियो ।

यद्यपि मृतकका आफन्तले भने अक्सिजन आपूर्ति पाँच मिनेट नभई आधा घण्टासम्म अवरुद्ध भएको आरोप लगाएका छन् ।

साथै अस्पतालमा रहेको बिरामीका आफन्तहरुले अक्सिजनको आपूर्ति रोकिँदा मृत्यु हुनेको संख्या पनि ११ भन्दा धेरै रहेको बताएका छन् ।

अस्पतालमा अक्सिजन आपूर्ति रोकिएसँगै केही बिरामीलाई अक्सिजन सिलिण्डरको सहयोगमा अक्सिजन दिइएको थियो तर सबै बिरामीका लागि अक्सिजन सिलिण्डर पु¥याउन सक्ने अवस्था भने थिएन । अक्सिजन आपूर्ति अवरुद्ध हुँदा अस्पतालमा १५० बिरामी भेन्टिलेटरमा थिए ।

अस्पतालका अधिकारीहरुको लापरबाहीको कारण यो अवस्था सिर्जना भएको डाक्टरहरुको आरोप छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.