Nepal Times
Nepal Times
3
Shares

आफूमाथि हातपात भएको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी

आफूमाथि हातपात भएको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी

२० माघ, काठमाडाैँ ।

अभिनेत्री सुष्मा कार्कीले गएराती लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। उनले  दरबारमार्ग पुलिस चौकीमा नायिका श्वेता खडका साथै उनकी बहिनी आरती खड्का र संचारकर्मी उत्सव रसाइलीको नाममा उजुरी दर्ता गरेकी हुन् ।

श्वेताको भाईको एनिभर्सरी मनाउन पुगेका संचारकर्मी उत्सव रसाइलीसँग जात भातको कुरा गरेपछि यी दुई बिच विवाद उत्पन्न भएको थियो । सोही विवादमा उत्सवको पक्ष लिँदा अभिनेत्री श्वेताकी बहिनी पनि उक्त विवादमा मुछिइन् । श्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको सुश्माले जाहेर गरेकी छिन् ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए । कार्कीले आफ्नो कुनै पनि गल्ती नभएको बताएकी छिन् । आफू सँग भएको भिडियो रेकर्डले सबै कुरा छर्लङ्ग पार्ने कार्कीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.