Nepal Times
Nepal Times
3
Shares

आमरन अनशनरत ‘ई’ को स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगियो

आमरन अनशनरत ‘ई’ को स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगियो

१८ असार, काठमाडौं (रासस) । बिगत एक सातादेखि आमरन अनशनरत सामाजिक अभियन्ता ‘ई’ र पुकार बमको स्वास्थ्यमा समस्यादेखिएपछि ह्याम्स हस्पिटल धुम्बाराही लगिएको छ । उनीहरु ललितपुरको पाटन दरबार स्क्वायरमा ७ दिनदेखि अनसनमा थिए ।

कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्‍वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने उनको माग छ ।

पछिल्लो समय पीसीआरको क्षमता बढाउनुपर्ने, क्वारेन्टिनस्थलहरु व्यवस्थित बनाउनु पर्ने भन्दै उनी ‘इनफ इज इनफ’ अभियानमा सक्रिय थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.