×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आरजु दिल्लीबाट फर्किनासाथ सरकार ढल्ने !

५ चैत्र २०८१

६ चैत , विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले ८ महिना पुरा गरिसकेको छ । यो अवधिमा सरकारको कार्यसम्पादन कमजोर देखियो भने आलोचना र विरोध गर्नेहरुको संख्या बढ्दै गएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले त यो सरकारको गठन नै विचौलियाको घरमा भएको, माफिया र भ्रष्टचारीलाई संरक्षण गर्न बनेको भन्दै आएको छ ।

सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको पक्राउ, काठमाडौंका मेयर बालेन शाहसंगको जुहारीले उनीहरुको समर्थक रहेका ठूलो जमातलाई ओली नेतृत्वको सरकारले चिढ्याएको छ । भने अर्कातिर संसद छलेर अध्यादेश, विभिन्न विवादीत विधेयकहरु, अर्थतन्त्र निरन्तर ओरालो लाग्नुले आलोचना गर्नेहरुको संख्यामा बृद्धि गराइदिएको छ ।

यता राजवादीहरु सडकमा उर्लिदा त्यसको काउन्टरमा जसरी ओली र एमालेका नेताहरु, काँग्रेसका नेताहरुले बयानबाजी जारी गरेका छन्, त्यसले पनि एकथरीलाई चिढ्याएको छ । यसमा माओवादी र अन्य दलहरुले पनि राजवादीविरुद्ध एकस्वर बनाएका छन् ।

यसैपनि आम जनता दुई तिहाइको सरकारले पनि राम्रो डेलिभरी गर्न सकेन भनेर निराशा भइरहँदा यस्ता कयौं विषय र प्रकरणले सरकारको आलोचना गर्नेहरुको भीड बढ्दै गएको छ । यो क्रम बढ्दै जाँदा सरकारको आयुसमेत छोटिने आँकलनहरु गर्न थालिएको छ ।

अर्कातिर दक्षिणको छिमेकी भारतको असन्तुष्टिले पनि ओली सरकार अब धेरै दिन जाने नदेखिएको विश्लेषकहरु बताउँन थालेका छन् । सत्ता सहयात्री काँग्रेसले पटक पटक प्रयास गर्दा पनि नरेन्द्र मोदीले नेपालका समकक्षी ओलीलाई निम्ता दिन चाहेका छैनन् ।

उल्टो एमालेसंग भारतको बढ्दो दुरीले आफ्ना लागि पनि दिल्ली दुर हुने चिन्ता काँग्रेसलाई परेको छ । अब त उ भारतलाई चिढ्याएर ओलीसंगै सरकारमा रहने कि ओलीको साथ छोट्याएर भारतलाई खुसी बनाउने भन्नेमा कुनै एक रोज्नु पर्ने अवस्थामा पुगेको छ ।

पछिल्लो पटक भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेको पछिल्लो प्रयास पनि फेल भएको छ । भारतको नयाँ दिल्लीमा आयोजित ‘रायशिना डाइलग’मा भाग लिन पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी यस जयशंकरसँग त मंगलबार भेटवार्ता गरिन् ।

तर न उनले मोदीलाई नेपालमा निम्ता गर्न सकिन्, न ओलीको भारत भ्रमण पक्का गर्न । जयशंकरसँगको भेटवार्ताका क्रममा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा आउँदो जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निम्तो दिने बताइएको थियो । तर, भेटका क्रममा निमन्त्रणापत्र नै हस्तान्तरण हुन नसकेको खुलेको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाजोपाँजो मिलाउने प्रयास पनि विफल भएको छ । खासमा ओली र एमालेसँग असन्तुष्ट रहेको भारतीय पक्षले उनीसँगको सम्बन्ध सुधार गर्न नचाहेको पछिल्ला घटनाक्रमहरूले पुष्टि गरेका छन् ।

परराष्ट्रमन्त्री राणाले सम्बन्ध सुधारका लागि प्रयास गरिरहँदा एमालेले काठमाडौंमा गरेको निर्णयले भारतीय पक्ष थप चिडिएको हुन सक्ने बताइएको छ । गत फागुन २५ गते काठमाडौंमा भएको पूर्वराजा समर्थित आन्दोलन भारतीय उक्सावटमा भएको भन्ने एमालेको निष्कर्ष छ ।

दिल्लीमा राणाले सम्बन्ध सुधारका लागि प्रयास गरिरहँदा यता एमालेले औपचारिक रुपमै राजावादीको आन्दोलनलाई भारतसँग जोडेपछि अवस्था थप बिग्रिएको छ । कांग्रेस सम्बन्ध सुधारका लागि निरन्तर लागे पनि सरकारको नेतृत्व गरेको एमालेबाटै असहयोग भएपछि कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको छ ।

परराष्ट्रमन्त्री राणा स्वदेश फर्किएपछि यो घटनाक्रमले सत्ता गठबन्धनमै मतभेद सिर्जना गर्न सक्ने कांग्रेसका नेताहरुले बताएका छन् । अर्थात कांग्रेस–एमालेको प्रमुख साझेदारी रहेको गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने सम्भावना देखिएको छ ।

दुवै दलका उच्च तहमा समेत गठबन्धनको भविष्यलाई लिएर अड्कलबाजीहरु हुन थालेका छन् । एमालेमा विशेषगरी अध्यक्ष केपी शर्मा ओलीको हेपाहा र पेलाई प्रवृतिबाट कांग्रेस सभापति शेरबहादुर देउवा समेत आजित हुँदै गएको नेताहरुले बताएका छन् ।

एकातिर कांग्रेसका मन्त्रीहरुले दैनिकजसो बुढानिलकण्ठमा लगेर सुनाउने पोल अर्कोतर्फ सरकार गठन भएको लामो समयसम्म पनि भारतले निरन्तर गरिरहेको बेवास्ताले ओलीको कुर्सी हल्लाउने सामर्थ त राख्छ नै ।

अनि आरजु देउवाले परराष्ट्रमन्त्रीको हैसियतमा भारतसँगको सम्बन्ध सुधारका लागि गरेको पटक पटकको प्रयास र सम्भावनाका बाबजुद भारतसँग सम्बन्ध सुधार नहुने अवस्था देखिएपछि र सम्बन्ध सुधारको साटो सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले भारतलाई थप चिढ्याउने दिशातर्फ उद्यत भएपछि एमालेसँग अब धेरै सत्ता सहकार्य गर्न नहुने कांग्रेसी धार बलियो बन्दै गएको छ ।

यता एमाले भने भारतको संस्थापन पक्षले भाउ नदिएपछि सरकार छाड्नै पर्दा पनि राजनीतिक लाभ लिने र भारतविरोधी जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा पुगेको देखिन्छ । एमालेको सचिवालय बैठकले जसरी राजावादीको गतिविधिमा भारतलाई जोड्यो, यसबाट समेत गठबन्धनमा समस्या छ भन्ने प्रष्ट हुन्छ ।

त्यसैले अब यो सरकार धेरै टिक्न नसक्ने अनुमान गर्न थालिएको हो । यसबीच भारतीय लाइनअनुसार नै कांग्रेसले समेत भित्रभित्रै विभिन्न दलहरुसँग सम्भावित सत्ता सहकार्यको छलफल अगाडि बढाएको सूइँको पाएको एमालेजनले बताएका छन् ।

यसमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतका उच्चस्तरका नेताहरु समेत गम्भीर भएर छलफल गरिरहेको कांग्रेस भित्र बाटै बताइन्छ । यसो हुँदा आरजु स्वदेश फर्किएलगत्तै दिल्ली भेट र ताजा परिस्थितिको विषयमा छलफल गरिने र त्यही आधारमा गठबन्धनमा बस्ने वा नबस्ने निर्णय लिइने नेताहरुको दाबी छ ।

यसरी एमालेको रणनीति, कांग्रेसको कूटनीतिक चाल, भारतको भूमिकासहित सत्ता समीकरणमा विकसित नयाँ घटनाक्रमले नेपाली राजनीति तरंगित बनेको छ। गठबन्धनको भविष्य अन्योलपूर्ण देखिए पनि अन्तिम निर्णय आरजु देउवाको स्वदेश फिर्तीपछिको दिल्ली संवादले तय गर्ने सम्भावना छ। अबको केही दिन नेपाली राजनीतिका लागि निर्णायक बन्नेछन् ।

यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top