×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आरजु र मञ्जुको भाइरल अडियोले तहल्का मच्चियो

२५ बैशाख २०८०

२५ वैशाख, काठमाण्डौ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा निकै आक्रोशितरुपमा प्रस्तुत भइन् । उनले आफूलाई नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडेर कुप्रचार गरिएको भन्दै आपत्ति जनाइन् । यो प्रकरणमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको मात्रै बताइनन्, उनले यसलाई ‘लैंगिक विभेद’ को रुप नै दिइन् ।

महिलाले आफ्नो हैसियतमा राजनीति गर्दा पुरुषहरुलाई असैह्य भएर उनीमाथि यस्ता आरोप लगाइएको उनको आशय थियो । आफ्नो श्रीमान ५–६ चोटि प्रधानमन्त्री बनेको र आफूहरुको सम्पत्तिको सबै विवरण सरकारसँग रहेको राणाले बताइन् । उनले अहिलेसम्म बनेका सबै सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि चुनौति दिइन् ।

उनले भनिन्, ‘मैले केही बिराएको छैन, डराउँदिनँ।’ प्रतिनिधि सभामा आरजुले लैंगिक विभेदको भिक्टम कार्ड फ्याक्दै गर्दा उता राष्ट्रियसभा पनि उनको समेत नाम जोडिएर प्रश्नहरु सोधिए । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नक्कली शरणार्थी प्रकरणमा आरजु देउवा राणा र मञ्जु खाँणविरुद्ध पक्राउ पूर्जी किन जारी नभएको भन्दै प्रश्न गरे ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरूको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भयो भनेर हल्ला पनि छ । फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे । यसमा आरजु देउवाले अढाई करोड र बालकृष्ण खाणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ ।

उनीहरूलाई सरकारले पक्राउ पुर्जी त जारी गरेको भन्ने सुनेको छैन ?’ भन्दै प्रश्न गरे । काँग्रेस सांसद आरजु राणाले आफ्नो खण्डन गर्दै गर्दा र उनीमाथि संसदमै प्रश्नहरु सोधिदै गर्दा यता सामाजिक संजाल भरी आरजु र काँग्रेस नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले नक्कली शरणार्थी प्रकरणमै करोडौ रकम लिएको अडियो रेकर्ड भाइरल भइरहेका छन् ।

केही दिनयता सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको एउटा अडिओ संवादमा पीडित भनिएकाहरुले बालकृष्णको नाम पनि मुछेका छन् । यसअघि नै पक्राउ परेकाहरुले बालकृष्ण र पत्नी मञ्जुको नाम मुछेको समाचार सार्वजनिक भइरहेका बेला त्यसलाई थप बल पुग्ने गरी अडिओ भाइरल भइरहेको छ ।

कम्तीमा तीनजनाले संवाद गरेको उक्त अडिओको करिब १५ देखि २० मिनेटको पूरा संवाद विवरण अनुसन्धानरत प्रहरीसँग रहेको बताइएको छ । तर त्यसको १ मिनेट ३ सेकेन्डको अडिओ क्लिपमा आरजु राणा र मञ्जु खाँणले करोड–करोड लिएको संवाद सुन्न सकिन्छ । यो अडिओलाई लिएर प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले यसको आधिकारिकता जाँचलाई अनुसन्धानकै एक अंगका रुपमा अघि बढाइएको जनाएको छ । अडिओमा संवादका क्रममा आरजुले साढे दुई करोड रुपैयाँ र मञ्जुले घरमै ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने बहानामा करोडौं उठाएको एक समूहबाट आरजु र मञ्जुले साढे आठ करोड रुपैयाँ बुझेको उक्त अडिओमा उल्लेख छ ।

उक्त अडिओमा मञ्जुलाई अनामनगरस्थित हनुमानथान पछाडिको घरमा गएर ६ करोड दिइएको भनिएको छ । तर मञ्जु खाणले भने आफू चार वर्षदेखि चाबहिलमा बस्दै आएको बताएकी छन् । मञ्जुले आफूलाई बदनाम गर्न फेक अडिओ बनाएर सार्वजनिक गरिएको प्रतिक्रिया पनि दिएकी छन् । यसअघि बालकृष्ण खाँणले पनि शनिबार नै सार्वजनिक वक्तव्य निकालेर आफ्नो बचाउ गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top