Nepal Times
Nepal Times
3
Shares

आरोहण ४० औँ वर्षमा प्रवेश

आरोहण ४० औँ वर्षमा प्रवेश

४ फागुन, विराटनगर । नेपालमा व्यवसायिक रंगमञ्चलाई स्थापित गरेको संस्था आरोहण ४० औँ वर्षमा प्रवेश गरेको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आरोहणका संस्थापक अध्यक्ष तथा रंगकर्मी बद्री अधिकारी, आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्री लगायतको उपस्थितीमा वार्षिकोत्सव मनाइएको छ । सो अवसरमा बोल्दै चलचित्रकर्मी समेत रहेका अधिकारीले २०३८ सालको वसन्त पञ्चमीका दिन औपचारिक सुरुवात गरिएको संस्थाले लामो संघर्षपूर्ण यात्रा पुरा गरेकोमा खुशी लागेको बताए । यस्तै अध्यक्ष क्षेत्रीले खुला चौरमा नाटक मञ्चन गर्दै नाट्य गतिविधी सुरु गरेको आरोहणसँग अहिले व्यवस्थित संरचनासँगै संस्थागत ख्याती र उत्तरदायित्व बढ्दै गएको जनाए । उनले नेपालमा रंगमञ्चीय परम्पराको संवद्र्धन र विकास गर्न महत्वपूर्ण भूमिका खेलेको संस्थाले आगामी दिनमा अझ जिम्मेवार बन्दै काम गर्ने प्रतिबद्धता जनाए । २०३८ सालमा मिलन कला केन्द्र, दियालोलगायत विराटनगरका पाँच वटा संस्थाका प्रतिनिधीहरू भेला भएर वसन्त पञ्चमीका दिन आरोहणको औपचारिक सुरुआत गरेका थिए । पछि, काठमाडौंमा सक्रिय आरोहण र उसले सञ्चालन गरेको नाट्य विद्यालय गुरुकुल विराटनगरमा पनि सञ्चालन गर्ने योजना बनेपछि विराटनगरमा पनि संरचना बनि निरन्तर नाट्य गतिविधि भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.