×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आर्सनलको च्याम्पियन बन्ने सपना चकनाचुर

१४ बैशाख २०८०

१४ वैशाख, एजेन्सी ।
इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि शानदार जित दर्ता गरेको छ । सिटीले घरेलु मैदानमा आर्सनलमाथि ४–१ को शानदार जित दर्ता गरेको हो । सिटीको जितमा केभिन डि ब्रुएनाले दुइै तथा जोन स्टोन्स र एर्लिङ ब्राउट हालान्डले समान एक गोल गरे ।

आर्सनलका रोब होल्डिङले एक गोल फर्काए । इतिहाद स्टेडियममा गोलको वर्षा भएको खेलको सातौं मिनेटमा ब्रुएनाको गोलबाट सिटीले गोलको खाता खोलेको थियो । उनले हालान्डको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोन स्टोन्सले ब्रुएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा ब्रुएनाले हालान्डकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीकालागि तेस्रो गोल गरेपछि सिटी खेलमा ३–० ले अघि बढ्यो । ८६औं मिनेटमा लियान्द्रो ट्रोसार्डको पासमा रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा हालान्डले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई ४–१ को शानदार जित दिलाए ।

सिटीसँगको हारसँगै आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ । आर्सनललाई हराएसँगै दुई खेल कम खेलेको सिटीको उपाधि जित्ने सम्भावना बलियो बनेको छ । दोस्रो स्थानमा रहेको सिटीको ३१ खेलबाट ७३ अंक पुगेको छ । अब सिटीले दुवै खेलमा जित निकालेमा आर्सनललाई ४ अंकले पछि पार्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top