×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आर्सनल र सिटी विजयीः मेरिनोको २ गोल, मार्मुसको ह्याट्रिक

४ फाल्गुन २०८१

४ फागुन , एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हराएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो । उसका मिकेल मेरिनोले खेलको दोस्रो हाफमा दुई गोल गरे । तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको २५ खेलमा ५३ अङ्क भएको छ ।

पराजित लेस्टर सिटी समान २५ खेलमा १७ अंकका साथ १९ औं स्थानमा छ । अर्को खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई चार गोलले हरायो । उसका ओमर मार्मुसले ह्याट्रिक गोल गरे । त्यस्तै जेम्स मेकाटीले चौथो गोल थपे ।

जितसँगै सिटीले २५ खेलबाट ४४ अङ्क बनाएको छ । सिटी तालिकाको चौथो स्थानमा छ । पराजित न्युकासलको समान २५ खेलमा ४१ अङ्क छ । अरू खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डसँग १–०, साउथह्याम्पटन बर्नमाउथसँग ३–१, नटिङघम फरेस्ट फुलहमसँग २–१ र क्रिस्टल प्यालेस एभर्टनसँग २–१ गोलले पराजित भएको छ ।

एस्टन भिला र इपस्विच टाउनले एक–एक गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिगमा लिभरपुल ५७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आज लिभरपुल र उल्भ्स तथा टोटनहम र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । उता स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल म्याड्रिड अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा सिमित रियललाई शनिवार ओसासुनाले १–१ को बराबरीमा रोकेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलियन एमबाप्पे गोल गरे । घरेलु टोलीका लागि भने आन्टे बुडिमिरले गोल गरे ।

खेलको १५औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाए । ३९औं मिनेटमा जुड बेलिंघमले रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बन्यो । रेफ्रीमाथि अपशब्द प्रयोग गरेको आरोपमा बेलिंघमलाई सोझै रातो कार्ड दिइएको थियो ।

५८औं मिनेटमा आन्टे बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियलसँग अंक खोसे । रियलको २४ खेलमा ५१ अंकका साथ शीर्ष स्थानमा यथावत छ । ओसासुना समान खेलमा ३२ अंकसहित सातौं स्थानमा छ ।

यसबीच बायर्न म्युनिखले बुन्डेसलिगा १६ वर्षपछि खराब प्रदर्शन दोहो¥याएको छ । शनिबार भएको खेलमा बायर्नले बायर लेभरकुजेनसँग गोलरहित बराबरी खेलेको हो । खेलभरि लेभरकुजेनले बायर्नलाई दबाबमा राखे पनि गोल गर्न असफल रह्यो ।

सेन्ट्रल फरवार्ड पाट्रिक सिक र भिक्टर बोनिफेस बेन्चमा बस्दा लेभरकुजेनले लगातार दोस्रो खेलमा गोल गर्न सकेन । बायर्नका कप्तान तथा गोलकिपर मानुएल नोयरले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई हारबाट जोगाए ।

लेभरकुजेनका प्रशिक्षक जाबी आलोनसोले सिकलाई खेलको दोस्रो हाफको इन्जुरी समयमा मात्र मैदान प्रवेश गराएका थिए । यसअघि फ्लोरियन वित्र्जले निर्णायक मौका गुमाए । उनको प्रहार नोयरले बचाएका थिए ।

बायर्नले पूरै खेलभरि एउटा पनि सट अन टार्गेट राख्न सकेन । बुन्डेसलिगा इतिहासमा बायर्नसँग यस्तो घटना दोस्रो पटक मात्र भएको हो । यसअघि सन् २००८ मा वोल्फ्सबर्गविरुद्ध बायर्नले यस्तो खराब प्रदर्शन देखाएको थियो ।

यद्यपि, तालिकाको शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ । २२ खेल खेलेको बायर्नको ५५ अंक छ । समान खेलबाट लेभरकुजेनको ४७ अंक पुगेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top