Nepal Times
Nepal Times
3
Shares

इंग्लिस प्रिमियर लिगः चेल्सी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर विजयी

इंग्लिस प्रिमियर लिगः चेल्सी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर विजयी

२१ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् । लिग तालिकामा तेस्रो स्थानमा रहेको लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० ले हरायो ।

यसैगरी चौथो स्थानको चेल्सीले वाट्फोर्डमाथि ३–० कै सहज जित निकाल्यो । गएराति म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ५–० को फराकिलो अन्तरमा पराजित गर्दा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्समाथि २–० को जित निकाल्यो ।

प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले नरिच सिटीलाई १–० ले पराजित ग¥यो । गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको शिर्ष चारको भिडन्त रोचक बनेको छ । यसपटक लिभरपुलले उपाधि जितिसकेको छ ।

दोस्रो स्थानमा म्यान्चेस्टर सिटी सुरक्षित देखिएको छ । तेस्रो र चौथो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्नको लागि भने लेष्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेडबिच कडा टक्कर भईरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.