Nepal Times
Nepal Times
3
Shares

इंग्लिस प्रिमियर लिग : बराबरीमै रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग : बराबरीमै रोकियो लिभरपुल

७ बैशाख, काठमाडौ । इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडसँग १–१को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ८७औं मिनेटमा डिएगो लोरेन्टेले गोल गर्दै लिड्सलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलले शीर्षचारमा उक्लने मौका गुमाएको छ । लिभरपुल ३२ खेलबाट ५३ अंकसहित छैटौ स्थानमा यथावत छ । लिड्स ४६ अंक जोडेर १०औं स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.