Nepal Times
Nepal Times
3
Shares

इङ्ग्लिस प्रिमियर लिगः एभर्टनलाई हराउँदै चेल्सी चौथो स्थानमा

इङ्ग्लिस प्रिमियर लिगः एभर्टनलाई हराउँदै चेल्सी चौथो स्थानमा

२५ फागुन, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

जितसँगै चेल्सीले चौथो स्थान कायम गर्दै ५० अङ्क बनाएको छ । एभर्टन ४६ अङ्कसहित छैठौं स्थानमा रहेको छ । यस्तै गएराति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

लिगमा म्यानचेस्टर सिटी ६५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ५४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । लेस्टर सिटी ५३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.