Nepal Times
Nepal Times
3
Shares

इङ्लिस प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा पुग्यो

इङ्लिस प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा पुग्यो

५ जेठ, काठमाडौं ।

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।

जितसँगै चेल्सीले आउँदो सिजनको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना बलियो बनाएको छ । गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकिएको छ ।

उसका लागि १५ औं मिनेटमा इडिन्सन काभानीले गोल गरे । तर ७६ औं मिनेटमा फुलह्यामका जोय ब्र्याएनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

हिजाको बराबरीसँग युनाइटेडले शीर्ष स्थानको सिटीसँगको अंक दूरी घटाउने मौका गुमाएको छ । युनाइटेडको ७१ अंक रहेको छ । यस्तै गएराति नै शीर्ष स्थानको म्यानचेष्टर सिटी ब्राइटनसँग ३–२ पराजित भएको छ ।

४८ मिनेटसम्म दुई गोल गरेको सिटीले त्यसलाई जोगाउन नसक्दा पराजित भयो । इङ्लिस प्रिमियर लिगको उपाधि यसअघि नै सिटीले जितिसकेको छ । ब्राइटन पन्ध्रौँ स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.