×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इजरायल र प्यालेस्टाइनलाई अधिकतम संयमता अपनाउन नेपालको अनुरोध

३० बैशाख २०७८

३० बैशाख, काठमाडौं । पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै नेपालले अधिकतम संयमता अपनाउन सम्वद्ध पक्षसँग अनुरोध गरेको छ ।

इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित बनाएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहत र क्षति हुन नदिन दुवै पक्षलाई अधिकतम संयमता अपनाउन अनुरोध गरेको हो ।

समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न पनि मन्त्रालयले दुवै पक्षलाई आह्वान गरेको छ ।

गत सोमबारदेखि जारी द्वन्द्वका कारण ६५ जनाभन्दा बढीको मृत्यु भएको र धेरै भौतिक सम्पत्ति नाश भएका सन्दर्भमा नेपालले दुवै पक्षलाई शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्न आह्वान गरेको हो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top