×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इजरेललाई जवाफ दिन इरान डराएको हो कि मौका पर्खिएको ?

२ मंसिर २०८१

२ मंसिर, विराटनगर।

इरानको न्यूक्लियर रिसर्च सेन्टरमा भएको भनिएको इजरेली हमलाको खबर जंगलमा लागेको आगोजस्तै गरी फैलिरहेको छ । अझ रोचक त के छ भने यो न्यूक्लियर विकास कार्यक्रम त्यही थियो जसलाई लिएर इरानले प्रतिबन्धको मार झेलिरहेको छ ।

यस्तो मार जुन केहीवर्ष अरु यस्तै चल्यो भने त, देश मागी चलाउनु पर्ने पाकिस्तानको जस्तै हालत इरानको पनि हुन सक्छ । यो न्यूक्लियर पावर बन्ने जिदकै कारण अमेरिकालाई इरानविरुद्ध उभ्याइदिएको छ ।

अनि यसैका कारण यदी इजरायल र इरानबीच सिधा युद्ध सुरु भयो भने सो युद्ध परमाणु युद्धमा बदलिने आशंका पनि गरिएको छ । यी न्यूक्लियर ठेगानाहरु नै त हुन्, जसलाई लिएर अमेरिका, इजरायलले अहिलेसम्म भन्दै आएका छन् कि उनीहरुले इरानका यी सेन्टरहरुलाई टारगेट गरेका छैनन ।

तर अहिले भने वास्तविक कुराहरु बाहिर आउन थालेको छ । खासमा इजरायलले इरानको परमाणु केन्द्र नै ध्वस्त बनाएको खबरहरु आएका छन् । तेहरान नजिकै पारचिनमा रहेको सीक्रेट न्यूक्लियर रिसर्च फ्यासिलिटीलाई इजरायलले नष्ट गरिदिएपछि यसले इरानलाई ठूलो घाटा लागेको छ ।

सो हमलाले विस्फोटहरुलाई आकार दिने र परीक्षण गर्नकालागि आवस्यक जटिल उपकरणहरु नाश भएको छ, जुन न्यूक्लियर चेन रिएक्शन शुरू गर्नका लागि महत्वपूर्ण हुन्छ । अमेरिकी र इजरायली अधिकारीहरुको दाबी अनुसार गएको एक वर्षमा इरानले परमाणु हतियारहरु सम्बन्धित रिसर्च पुनः सुरु गरेको छ ।

इजरायली अधिकारीहरुको दाबी छ कि यदी इरानले परमाणु हतियार विकसित गर्ने निर्णय लियो भने अब उसले नष्ट भएका उपकरणहरुलाई बदल्नु पर्छ । मतलब इजरायलले इरानको न्यूक्लियर फ्यासिलिटीमा हमला गरेर उसलाई परमाणु रूपले कमजोर बनाइदिएको छ ।

जुन उपकरणहरु नष्ट भएका छन् अब त्यो बिना इरान फस्ने देखिन्छ ।इजरायलले इरानको जुन पारचिन सैनिक परिसरलाई निशाना बनायो, त्यहाँभित्र नै तालेघन २ न्यूक्लियर फ्यासिलिटी थियो। यसको उपयोग २००३ भन्दा अघि परमाणु उपकरणका लागि विस्फोटकहरुको परीक्षणका लागि हुने गरेको थियो ।

इरानले २००३ मा सैन्य परमाणु कार्यक्रमलाई रोकिदिएको थियो, त्यसपछि नै उपकरणहरु साइटमा राखिएको थियो । एक अक्टूबरको इरानको हमलाको जवाफमा इजरायली सेनाले २६ अक्टुबरमा इरानमा हवाई हमला गर्दा इरानले भारी नोक्सानी उठाएको हो ।

जसमा उसका चार सैनिकसहित अन्तरिक्ष केन्द्र नै ध्वस्त भएका हुन् भने मिसाइल निर्माण एकाइहरुमा पनि क्षति पुगेको हो । सुप्रीम लीडर अली खामेनेई त्यतिबेला देखि अहिलेसम्म नै मनभित्र आगो बलिरहेपनि बाहिर शितलता नै देखाएका छन् । तर के इरान सधै चुप लागेर बस्छ ? यो प्रश्नको जवाफ जान्नु निकै आवस्यक छ ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी अर्थात आईएईए का प्रमुख राफेल ग्रोसीले यसैबीच इरानका दुई ठूला परमाणु केन्द्रहरुको भ्रमण गरेका छन् । यो भ्रमण किन भएको हो भने अहिले इरानले ट्रम्पको जितपछि आफूमाथि लागेका प्रतिबन्धहरुलाई खुकुलो पार्नका लागि न्यूक्लियर प्रोग्राममा सम्झौता गर्ने मनसाय व्यक्त गरेको छ ।

सोही कारण राफेल इरानी परमाणु साइटहरुमा पुगेका हुन् । आईएईएले विश्वभरका परमाणु प्रोग्रामहरुमा निगरानी राख्ने गरेको छ । इरानको परमाणु प्रोग्रामलाई लिएर इजरायल, अमेरिकाका साथै कयौं पश्चिमी देशले आपत्ति जनाइरहेका छन् ।

यता डोनाल्ड ट्रम्पको सत्तामा फिर्तीले इरानलाई पनि डर छ कि अमेरिकाले परमाणु प्रोग्रामको आडमा इरानमाथि थप कडा प्रतिबन्धहरु लगाउन सक्छ भन्नेमा उ चिन्तित छ ।ट्रम्पले आफ्नो अघिल्लो कार्यकालका दौरान इरानको यसै न्यूक्लियर प्रोग्राम डीलबाट अमेरिकालाई अलग गरिदिएका थिए ।

र अब इरानको रुझानले पनि उ बदलिको देखाउँछ । कारण स्पष्ट नै छ ट्रम्प सत्तामा आउने वाला छन् । यो त्यही इरान हो जसले मात्रै एक वर्ष पहिले आईएईएका निगरानी टीमका लगभग एक–तिहाई सदस्यहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

सो बेला तेहरानले अनुगमन कर्ताहरुलाई चरमपंथी भनेको थियो, जसले इरान र अन्तर्राष्ट्रिय समुदायका बीच उसको परमाणु गतिविधिहरुलाई लिएर तनाव थप बढाएको थियो । अब त्यही इरानले ट्रम्पको फिर्तीअघि नै सहयोगको इच्छा व्यक्त गरिरहेको छ ।

यद्यपि, इरानले वर्षौदेखि मेहनत गर्दै परमाणु बम बनाउनका लािग जुटाएका संसाधनहरुलाई सजिलै किनारा लगाइहाल्ला भन्ने चाँही विश्वास गरिहाल्ने अवस्था छैन । किनभने यो परमाणु शक्ति भएको इरानका लागि घमण्ड गर्ने कुरा पनि हो र साथै यो नै उसको पश्चिम एशियामामा बादशाह हुने चाहानाको बाटोमा टर्निंग पोइंट पनि हो ।

यस्तोमा फेरि पनि प्रश्न उठ्छ, इजरायलले इरानको न्यूक्लियर ठेगानामा जुन हमला गरेको छ त्यसको अब इरानले बदला कसरी लिन्छ ? २६ अक्टूबरमा जब इजरायलले १०० लडाकू विमानहरुले इरानमा हमला गर्दा सुप्रीम लीडर अली खामेनेईले सेनालाई इजरायलमा हमला गर्ने तयारी थाल्न लगत्तै आदेश लगत्तै दिएका थिए ।

तर दिन, हप्ता वित्दै अब त महिना पनि पुरा हुन लागेको छ । यस्तोमा विश्लेषहरु के भन्छन्, भने इरानले इजरायलमा हमलाका लागि या त हिम्मत जुटाउन सकिरहेको छैन या त कुनै उपयुक्त मौका पर्खिरहेको छ । तपाइँलाई चाँही यसबारे के लाग्छ ? आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top