×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इजरेल–हमास फेरि युद्धविरामका लागि तयार, विपिन छुटलान् ?

१६ चैत्र २०८१

१७ चैत , एजेन्सी ।

नेपालका विपिन जोशी फर्केर आउने आशाकै बीच इजरायल र हमाससमूह युद्धविरामका लागि फेरि सकारात्मक देखिएका छन् । गाजाको हमास समूह इजिप्ट र कतारले पठाएको युद्धविरामको नयाँ प्रस्तावमा सकारात्मक बनेको हो ।

युद्धविरामको मध्यस्थता गरिरहेका इजिप्ट र कतारले हमास समूहलाई इजरायलका पाँच बन्धक रिहा गर्ने र त्यसको बदलामा ५० दिन युद्धविराम गर्ने प्रस्ताव पठाएका छन् । गाजा बाहिर आश्रय लिइरहेका हमासका वरिष्ठ नेता खलील अल–हय्याले इजिप्ट र कतारले पठाएको युद्धविरामको मस्यौदालाई स्वीकार गरेका छन् ।

इजरायल पनि यसमा सकारात्मक बनेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले पनि युद्धविरामको प्रस्तावको जवाफ पठाएको छ । नयाँ प्रस्तावमा दुई पक्षले सहमति जनाएपछि पुनः युद्धविराम लागू हुन सक्छ ।

पछिल्लोपटक युद्धविराम भंग गर्दै इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको छ भने रफाहमा स्थलगत अपरेशन सुरु गरेको छ । इजरायल र हमासबीच गत जनवरीमा सुरु भएको युद्धविराम यसै महिना तोडिएको थियो ।

पछिल्लो युद्धविरामका क्रममा हमासले ३३ बन्धक मुक्त गरेको छ । यसको बदलामा इजरायलले गाजामा आक्रमण रोकेको थियो भने हजारौँ प्यालेस्टाइनी कैदी रिहा गरेको थियो । हमासले नेपालका विपिन जोशीसहित अझै ५९ जनालाई बन्धक बनाएको छ ।

यसअघि पहिलो चरणको युद्धविराम कार्यान्वयन भइसकेपछि इजरायलले आक्रमण सुरु गरेको थियो । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धक रिहा गर्ने, मारिएका बन्धकहरुको शव फिर्ता गर्ने र इजरायलले गाजाबाट पूर्णरुपमा आफ्ना सैनिक फिर्ता गर्ने भनिए पनि यी दुवै पक्ष युद्धविराम सम्झौतामा अडिग हुन सकेका थिएनन् ।

पछिल्लोपटक अमेरिकाले सबै बन्धकलाई बिनासर्त रिहा गर्न भन्दै हमासमाथि दबाब बढाएपछि इजरायलले अचानक ठूलो आक्रमण सुरु गरेको थियो । यता गाजापट्टीमा हमाससंग फेरि युद्धविरामका लागि तयार भएको इजरायलले उता लेबनानको राजधानी बेरुतमा भने हवाई आक्रमण पुनः शुरु गरेको वाशिङ्टन पोष्टले जनाएको छ ।

इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलाबाट इजरायली सीमाबाट केही माइल टाढा कफर तिबेत शहरमा तीन जनाको मृत्यु र १८ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वर्ष इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति भएपछि लेबनाको राजधानीमा यो पहिलो हवाई हमला हो । लेबनानी भूभागबाट दुईटा रकेट क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्टपछि इजरायली सेनाले जवाफी कार्वाही गरिएको बताइएको वाशिङ्टन पोष्टले जनाएको छ ।

शुक्रवार दिउँसो इजरायली सेनाले जवाफी आक्रमणको चेतावनी दिएको थियो । त्यसपछि इजरायली सेनाले दक्षिणी लेबनानको हदथ क्षेत्रमा रहेको एक भवनलाई हिजबुल्लाहको आस्य्रस्थलको संज्ञा दिई आक्रमण गर्ने चेतावनी दिएपछि स्कूल जाने बच्चाहरू लगायत अन्य मानिसहरु सुरक्षित स्थान सम्म जान सडकमा हतारिदै आएका थिए ।

लेबनानी शिक्षा मन्त्रालयले आकस्मिक आदेश जारी गरेर क्षेत्रभरिका सबै स्कूलहरू बन्द गर्न आग्रह गरेको थियो । लेबनानबाट प्रहार गरिएका दुई प्रक्षेपणमध्ये एक इजरायलले अवरोध गर्यो भने अर्को लेबनानकै भूभागमै खसेको थियो।तर हिजबुल्लाहले आफूले रकेट प्रक्षेपण नगरेको बताएको छ ।

हिजबुल्लाहले इजरायल सँगको युद्धविराम सम्झौतामा आफू कायम रहने बताएको छ । यसै बीच लेबनानको हिजबुल्लाह समूहका नेता नाइम कासिमले शनिबार इजरायलले लेबनानमा आक्रमण जारी राखे र लेबनानी सरकारले यसलाई रोक्न कदम नचालेमा अन्य विकल्पहरू अपनाउन बाध्य हुने चेतावनी दिएको अमेरिकी टेलिभिजन सीबीसी न्युजले जनाएको छ ।

नाइम कासिमको यो बयान इजरायलले लेबनानी राजधानी बेरुतमा गत नोभेम्बरमा युद्धविरामपछि पहिलो पटक हवाई हमला गरेपछि आएको हो। इजरायली अधिकारीहरूतर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top