×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इजिप्टले पर्यटनबाटै कमायो १० बिलियन डलर

२५ श्रावण २०८०

२५ साउन,एजेन्सी ।
उत्तर अफ्रिकी राष्ट्र इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१÷२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ । जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१÷२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिव १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजश्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक प्राधिकरणले बुधवार घोषण गरेको हो । इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ । २०२१ मा इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या जम्मा ८० लाख रहेको थियो ।

गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ । २०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरुमा ६२.६ प्रतिशत युरोपेलीहरु रहेका थिए भने अरबी पर्यटकहरु २६.४ प्रतिशत थिए । त्यस्तै अमेरिकीहरु ५.८ प्रतिशत र बाँकी अन्य देशहरुबाट गएको पाइएको छ ।

सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ । मिश्रका नामले समेत चिनिने इजिप्ट सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १० लाख ०१ जार ४५० वर्ग कि. मी. क्षेत्रफलमा फैलिएको इजिप्टको उत्तरमा भूमध्य सागर, उत्तर–पूर्वमा गाजा पट्टी र इजरायल, पूर्वमा रातो सागर, दक्षिणमा सुडान र पश्चिममा लिबिया पर्दछ ।

इजिप्ट अफ्रिका र मध्य–पूर्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसङ्ख्या प्रायः, नाइल नदीको आसपासको ४० हजार किमि क्षेत्रमा बसोबास गर्दछन्। इजिप्टभरि यो क्षेत्रमा मात्र कृषियोग्य जमीन पाइन्छ।

इजिप्टमा सहारा मरुभूमि पर्दछ जहाँ न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। इजिप्टको करिब आधा जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो काइरो, अलेक्जेण्ड्रिया र नाइल डेल्टा वरिपरिका स्थानमा बसोबास गर्दछन्। इजिप्ट प्राचीन सभ्यता, विश्व प्रसिद्ध गिजा पिरामिड क्षेत्र र त्यहाँ अवस्थित गिजाको ग्रेट स्फिङ्क्सको लागि प्रसिद्ध छ।

इजिप्टको दक्षिणी लक्षोर नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै कर्नक मन्दिर र भ्याली अफ द किङ्ग्स्को लागि प्रसिद्ध छ। यहाँ चर्चित पिरामिडहरु छन् । साथसाथै नाइल नदी, इजिप्ट सभ्यता, एलेक्जेन्ड्रिया सहर, स्वेज नहर विश्व चर्चित छन् । ठूला–ठूला ढुङ्गाहरू कुँदेर पहाडजस्तै देखिने विशाल पिरामिडहरू हेर्न विश्वभरका पर्यटक इजिप्ट पुग्ने गर्दछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top