Nepal Times
Nepal Times
3
Shares

इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

२३ चैत, सुनसरी । इटहरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ। सोमबार मध्यान्ह इटहरी–१० स्थित प्लाई उद्योगमा आगो लागेको हो ।

आगो के कारणले लाग्यो भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आगलागी सुरू भएपछि इटहरी, सुन्दरहरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका पाँच वटा दमकलले निभाउने प्रयास गरिरहेका छन् ।

तर, आगलागी नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए।

आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी पनि परिचालन भएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.