×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इटहरीको सूर्य कम्प्लेक्सको होटल रहेको चौथो तलामा भीषण आगलागी

२२ मंसिर २०७६

२२ मंसिर, इटहरी । इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । गएराति सूर्य कम्प्लेक्सको चौथो तलामा रहेको होटलमा आगलागी भएको हो ।

गएराति लागेको आगो आइतबार बिहान नियन्त्रणमा लिइएको थियो । होटल पूर्ण रुपमा क्षति भएको छ । होटलबाट आगोको मुस्लो निस्केको देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकल आगो निभाउन जुटेका थिए ।

विराटनगर, दमक, सप्तरी, धरान, दुहवी, महेन्द्रनगर, सुन्दरहरैचा र इटहरीको गरी ९ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।

चौथो तलामाथि रहेको होटलमा लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगोले भवनमा रहेका अन्य कार्यालयमा पनि क्षति पुर्‍याएको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top