Nepal Times
Nepal Times
3
Shares

इटहरीमा आइतबारदेखि सबै वडाबाट कोरोना खोप लगाइने

इटहरीमा आइतबारदेखि सबै वडाबाट कोरोना खोप लगाइने

२० फागुन, सुनसरी । इटहरी उपमहानगरमा फागुन २३ गते आइतबार देखि २७ गते बिहिबारसम्म १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने भएको छ ।

वडा नम्वर ६,७,८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । फागुन २३ र २४ गते वडा नम्वर २ को कार्यालयमा,वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा,वडा नम्वर ४ को सामुदायिक अस्पताल र वडा नम्वर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ ।

यसैगरी १० देखि १३ नम्वर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । वडा नम्वर १०को मनमोहन प्राविमा फागुन २५ गते,१७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म कोरोना विरुद्धको खोप लगाइने छ ।

वडा नम्वर १४ देखि १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म,वडा नम्वर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते,वडा नम्वर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

तेश्रो चरणमा ५५ बर्षमाथिका जेष्ठ नागरिक,विद्यालयका शिक्षक कर्मचारी,नीजि स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी,सार्वजनिक स्वास्थ्य सस्थाका चालक सहचालक र छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने छ ।

खोप अभियान सफल वनाउन जनप्रतिनिधि,स्वास्थ्यकर्मी,खोप कार्यकर्ता र सरोकारवाला विच छलफल गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.