Nepal Times
Nepal Times
3
Shares

इटालियन लेजेण्ड पाओलो रोसीको निधन

इटालियन लेजेण्ड पाओलो रोसीको निधन

२५ मंसिर, एजेन्सी ।
सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार निधन भएको छ ।

उनी ६४ वर्षका थिए । इटालीको टीभी च्यानल राइ स्पोर्टसले रोसीको निधन भएको पुष्टि गरेको छ । उनकै उत्कृष्ट प्रदर्शनमा इटालीले त्यति बेला तेस्रो पल्ट विश्वकप जितेको थियो ।

रोसी राइ स्पोर्टसमै फुटबल पण्डितका रूपमा काम गरिरहेका थिए । राइ स्पोर्टसले भनेको छ, ‘निकै दुःखद खबर, पाओलो रोसी रहेनन् । उनी सधैं हाम्रो सम्झनामा रहने छन् ।’ मृत्युको कारण भने टीभी च्यानलले खुलाएको छैन ।

रोसीले सन् १९८२ को विश्वकपको दोस्रो चरणमा ब्राजिलविरुद्ध इटालीका लागि ह्याट्रिक गरेका थिए । यस्तै सेमिफाइनलमा पोल्यान्डविरुद्ध प्राप्त २–० जितमा दुवै गोल उनको नाममा रह्यो । उनले पूरै प्रतियोगितामा ६ गोल गरेका थिए ।

यस्तै पश्चिम जर्मनीविरुद्ध फाइनलमा प्राप्त ३–१ जितमा पनि रोसीले नै पहिलो गोल गरेका थिए । उनले घरेलु फुटबलमा भने युभेन्ट्स र मिलानका लागि खेले । उनले दुई अवसरमा सिरी ए उपाधि तथा एक–एक युरोपियन कप र कोपा इटालिया जिते ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.