×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इटालीमा चीनको बीआरआई परियोजना असफल

१७ भाद्र २०८०

१७ भदौ, एजेन्सी ।
अर्काे महिना हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा बीआरआईसहित आफ्ना सुरक्षा र विकाससम्बन्धी अवधारणाहरूमा चीनले नेपालको समर्थन खोज्न सक्ने ठानिएको छ । किनभने चिनियाँ पक्षले हालैका वर्षहरूमा उसको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड परियोजनाको कार्यान्वयन सहितका विषयमा चासो व्यक्त गर्दै आएको छ ।

नेपालले भने बीआरआई अन्तर्गत ऋण लिएरभन्दा पनि अनुदानमा आधारित परियोजना अघि बढाउन इच्छुक रहेको जाहेर गर्दै आएको छ । पछिल्लो समय चीन भ्रमणमा गएक विभिन्न दलका नेताहरुसमग पनि चीनले बीआरआई कार्यान्जयनमा चासो देखाउँदै आएकाले अब प्रधानमन्त्रीको भ्रमणका क्रममा यसलाई मुख्य एजेण्डा बनाउने देखिन्छ ।

तर अब प्रधानमन्त्रीले बेइजिंगमा यो कुरामा आफ्नो अडान कसरी राख्छन्, सबैको चासो त्यसमा छ । यसैबीच इटालीका विदेश मन्त्री एन्टोनियो तजिनीले भने चीनसँगको सिल्क रोड परियोजनाले अपेक्षा अनुसार परिणाम दिन नसकेको बताएका छन् । इटालीले चार वर्ष अघि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गरेको थियो ।

अमेरिकाको विरोधबीच इटालीको तत्कालीन सरकारले चीनसँग बीआरआई सम्झौता गरेको थियो । अहिले जियोर्जिया मेलोनी नेतृत्वको सरकारले भने चीनसँगको सो सम्झौताले अपेक्षा अनुसार व्यापार लक्ष्य पूरा गर्न नसकेको जनाएको हो ।

बन्दरगाह, रेलमार्ग र विमानस्थलजस्ता पूर्वाधारमा ठूलो लगानी गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी कार्यक्रमले एसिया, अफ्रिका र युरोपबीचको व्यापारिक सम्बन्ध सुधार गर्ने लक्ष्य राखेको छ । इटालीले यस वर्ष सो सम्झौता फिर्ता नलिएमा मार्च २०२४ मा स्वतः नवीकरण हुने जनाइएको छ ।

चीनसँगको सम्झौता कायम राख्ने कि नराख्ने भन्ने विषयको निर्णय भने इटालियन संसदले गर्ने तजिनीले बताए । चीन प्रस्थान गर्नुअघि तजिनीले भने, ‘सिल्क रोडले हामीले आशा गरेको परिणाम दिन सकेको छैन ।’ ताजिनीले आज चीन पुग्दैछन् ।

मंगलबारसम्म हुने उनको चीन भ्रमणका क्रममा उनले चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्नेछन् । इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले चीन भ्रमणको लागि इच्छा व्यक्त गरेकी छिन् । तजिनीको यो भ्रमण मेलोनीको भ्रमणबारे तयारी गर्न समेत रहेको बताइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top