×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इन्धनकाे पैसा नतिरेपछि मयुरकाे बस समातियाे, किस्ता तिर्न बैंककाे ताकेता

२९ माघ २०७५

काठमाडौं ,माघ २९

यातायात समितिहरूकाे सिन्डिकेट अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेर चर्चामा आएको मयुर यातायातकाे व्यवस्थापनमा समस्या देखिएकाे छ । मयुर यातायात प्राइभेट लिमिटेडले बसहरू खरिदहरूकाे किस्ता र खर्चहरू समयमै तिर्न नसक्दा बसहरु धमाधम समातिन थालेका छन् ।

इन्धन भरेको रकम समयमै तिर्न नसकेपछि स्वयम्भूस्थित हामा आयल प्राइभेट लिमिटेड (हामा पेट्राेल पम्प) ले मयुरकाे एउटा बस समातेर राखेकाे छ । उक्त पेट्राेल पम्पले मयुरको बा ५ ख १५३७ नम्बरको बस समातेको हाे । १६ लाख रुपैंया बक्यौता रकम नतिरेपछि बस पक्राउ गर्न परेको पम्पले जनाएको छ । पेट्राेल पम्पका अनुसार मयुर यातायातका ४४ वटा बसले हामामा नियमित इन्धन भर्दै आएको आएको थियो, तर उधारोमा भरेकाे तेलकाे पैसा नतिरेपछि बस नै समात्नु परेको पेट्राेल पम्प स्राेतले जानकारी दिएकाे छ । मयुरले समयमै रकम नतिरे अन्य बसहरु पनि समात्ने पम्पले जनाएको छ ।

उता, सवारी बिक्रेता कम्पनी सिप्रद्धी ट्रेडिङ प्रा.लि.ले कम्पनीका ९ वटा बस जफत गरेको छ । किस्ता समयमै नतिरेपछि कम्पनीले बस जफत गरेको हो । ट्रेडिङका सिनियर अफिसर किृष्ण चन्दले सवारी मर्मतको रकम रोकिएपछि बस कम्पनीले समातेको बताए । चन्दका अनुसार केहि बसहरु लगिसकेको छ भने केहि बस कम्पनीमै रहेको छ । प्रा.लि.ले विवाद मिलाएर बस निकाल्ने प्रयास गरिरहेको छ ।

पम्प र बिक्रेता कम्पनी मात्र नभएर मयुर बैंककाे समेत ताराे बनेकाे छ । मयुरले बैंकबाट लिएकाे ऋणकाे किस्ता समेत नियमित रूपमा तिर्न नसकेपछि बैंकले किस्ता तिर्न ताकेता गरेकाे हाे । कम्पनीले नयाँ बस किन्नका लागि माछापुच्छ्रे बैंकबाट ५ करोड भन्दा बढी रकम लिएको बताइएकाे छ । तर बैंकमा पनि निरन्तर किस्ता तिर्न नसकेको बैंक स्रोतले विकान्युजलाई जानकारी दियाे । किस्ता रकम समयमै नआए धितोमा रहेको बस नै कब्जा गर्ने रणनीति बैंकले लिएको छ ।

मयुर यातायातमा मोहन श्रेष्ठ, गोपाल कुमार थापा लगायत गैरआवासीय नेपालीहरुको लगानी रहेको छ । बलिया लगानीकर्ता र यात्रुकाे राेजाइमा पर्न सफल भए पनि यातायातमा खर्च प्रणालीमा व्यवस्थापन गर्न नसक्दा मयुरमा समस्या आएको बताइएको छ । केही शेयरधनीको खराब गतिविधिको कारण यातायात समस्यामा परेको बताइएको छ ।

यातायात क्षेत्रमा १ नम्बर कम्पनी बन्ने दाबी गर्दै आएको प्रा.लि.का अध्यक्ष मोहन श्रेष्ठ पछिल्लो समय सम्पर्कविहीन छन् । उपत्यका सहित देशभर यातायात सेवा विस्तार गर्ने रणनीति लिएको यातायात प्रा.लि.ले इलेक्ट्रिक बस समेत सञ्चालन गर्ने तयारी गरको थियो ।(विकास न्युजबाट)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top