Nepal Times
Nepal Times
3
Shares

इन्धनको मूल्य वृद्धिको बिरोधमा विद्यार्थी यूनियनको प्रदर्शन (तस्बिरसहित)

इन्धनको मूल्य वृद्धिको बिरोधमा विद्यार्थी यूनियनको प्रदर्शन (तस्बिरसहित)

६ फागुन, काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बिरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रदर्शन गरेको छ ।

विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए ।

मूल्यवृद्धि फिर्ता गर, महँगी बढाउन पार्इंदैन, जनतामाथि ऋणको भार यही हो तिम्रो समाजवाद लगायतका नारा लगाएका थिए । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले बालेको टायर प्रहरीले नियन्त्रणमा लिएर निभाएको थियो । आन्दोलनरत विद्यार्थीहरुले नेपाल आयल निगमले एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.