×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इमरान खानको राजनीति समाप्त, लाग्यो ५ वर्ष प्रतिबन्ध

२४ श्रावण २०८०

२४ साउन,एजेन्सी ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ । खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ ।

पाकिस्तानी कानून अन्तर्गत दोषी व्यक्ति तोकिएको अवधिको लागि कुनै पनि सार्वजनिक पदमा उम्मेदवार हुन सक्दैन । खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार तीन वर्षको जेल सजाय तोकेको छ ।

खान अहिले जेलमा छन् । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता खान सन् २०१८ को मे मा प्रधानमन्त्री बनेका थिए । खान संसदले अविश्वास प्रस्ताव पारित गरेपछि सन् २०२२ अप्रिल १० मा पदमुक्त भएका थिए । खानले आफूमाथि लागेका आरोपको खण्डन गर्दै सबै आरोपहरु राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

अहिले पाकिस्तानको प्रधानमन्त्री शहबाज शरिफ छन् । पञ्जाब पुलिसका अनुसार खानको गिरफ्तारी पछि, प्रान्तका विभिन्न भागहरूमा २ सय भन्दा बढी पीटीआई पदाधिकारी र कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। यद्यपि, पीटीआईले आरोप लगाएको छ कि पुलिसले खानको गिरफ्तारीको बिरूद्ध प्रदर्शन गरिरहेका आफ्ना कार्यकर्ताहरूलाई मात्र पक्राउ गरेन उनीहरूलाई पक्राउ गर्न पार्टीका कार्यकर्ताहरूको घरमा छापा समेत मारेको छ।

खानका एक दर्जनभन्दा बढी समर्थकलाई आतंकवादको आरोपमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । एफआईआरका अनुसार, खानसँगै आएका व्यक्तिहरू, उनको मिडिया टोली सहित उनीहरूले शनिबार उनलाई पक्राउ गर्न गएको पुलिस टोलीलाई धम्की दिएका थिए।

एफआईआरमा भनिएको छ, “उनीहरूले प्रहरीहरूबाट सरकारी बन्दुक खोसेर आक्रमण गरे र उनीहरूलाई बन्दुक हानेर मार्ने धम्की दिए। पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसैबीच, पीटीआईको वकिलहरूको शाखा इन्साफ वकिल फोरमले सोमबार र मंगलबार लाहोर उच्च अदालत बाहिर विरोध प्रदर्शन गरेको थियो ।

पाकिस्तान मुस्लिम लीग–नवाज नेतृत्वको गठबन्धन सरकार र सेनाको विरुद्धमा नाराबाजी गर्दै उनीहरूको नेतालाई “नक्कली मुद्दा“ मा दोषी ठहराएकोमा आपत्ति जनाएका छन् । खानले मंगलबार तोशाखाना मुद्दामा आफ्नो सजायलाई चुनौती दिँदै “पक्षपाती“ न्यायाधीशको फैसला “उचित प्रक्रिया र निष्पक्ष सुनवाईको अनुहारमा थप्पड“ भएको भन्दै तीन वकिलहरू मार्फत अपील गरेका छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top