×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इमरान पक्राउ परेपछि समर्थक उग्र बने / पाकिस्तानभर मोबाइल सेवा अवरुद्ध,देशभर तनाव

२७ बैशाख २०८०

२७ वैशाख, एजेन्सी ।
पाकिस्तानमा सेनाले पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ परेपछि त्यहाँ प्रदर्शन चर्किएको छ । खानका समर्थकहरूले देशव्यापी प्रदर्शनको आह्वान गरेका छन् । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो ।

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका बेला पक्राउ परेका हुन् । पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन् । यद्यपि आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन् ।

उनको पक्राउको खबर फैलिएपछि भीड सैनिक कमान्डरको घरभित्र प्रवेश गरेको थियो । खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध छ । उनको दल पीटीआईका कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन र तोडफोड गरेका छन् । इस्लामाबादमा प्रदर्शनले उग्र रूप लिएको छ ।

पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणहरूका अनुसार पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिएर भ्रष्टाचारका मुद्दाहरूबारे अनुसन्धान गर्ने न्याशनल एकाउन्टिबिलिटी ब्यूरो एनएबीमा पठाइएको छ ।

विवरणहरूका अनुसार खान अर्को मुद्दाको धरौटी बुझाउन अदालत पुग्नुअघि नै एनएबी टोली त्यहाँ पुगेको थियो । गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले एक घर जग्गा व्यवसायीको ५० अर्ब रुपैयाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौँ रुपैयाँ बराबरको जग्गा अधिग्रहण गरेको बताइन्छ ।

यस सम्बन्धमा आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा पीटीआई सरकारमा छँदा ब्रिटिश न्याशनल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पछि फिर्ता गरेको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाएका थिए।

यसै सम्बन्धमा व्यवसायी रियाजले आफ्नो अन्य अवैध मुद्दालाई ढाक्नको लागि अल कादिर विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराएको सरकारको आरोप छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इमरान खानले सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बदनाम गर्ने नीति अपनाएको आरोप लगाएका छन् । गत वर्ष खान सत्ताच्युत भएका थिए।

त्यसयता उनले मध्यावधि निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन् । गत नोभेम्बर महिनामा एउटा ¥यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उनी बाँच्न सफल भएका थिए । इमरान खानले विगतका असफल प्रयासपछि पनि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको र पाकिस्तानमा जङ्गली राज चलेको आरोप लगाउँदै आएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top