Nepal Times
Nepal Times
3
Shares

इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

३० बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सातदोबाटोस्थित एन्फाको मैदानमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो ।

प्रो लाईसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टोलीले प्रशिक्षण थालेका हुन् । उनलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले सहयोग गरिरहेका छन् । प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षणका लागि ३२ खेलाडीलाई डाकेका छन् ।

मनिष डांगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले पहिलो पटक नेपाली टोलीको प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक अब्दुल्लाहले बिहान र दिउँसो दुई सत्रमा प्रशिक्षण गराइरहेका छन् ।

मे २९ तारिखमा इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि टोलीले प्रशिक्षण थालेको हो । नेपालले बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग खेल्ने तालिका रहेको छ । नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोटका बाँकी तीन खेल्नेछ ।

कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.