×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इरानमाथि इजरेलले ठूलो आक्रमण गर्न लागेको दस्तावेज लिक

४ कार्तिक २०८१

४ कार्तिक , विराटनगर ।

इजरायलले गाजापट्टी र लेबनानमा युद्ध जारी राख्दै अब इरानमा पनि आक्रमण गर्नसक्ने सम्भावनाकाबीच अमेरिकको दुई अति गोप्य दस्ताबेजहरु लिक भएका छन् । जसले विश्वभर तरंग पैदा भएको छ । किनभने ती दस्ताबेजहरुले इजरायलले इरानमाथि निकै ठुलो आक्रमणको तयारी गरिरहेको जनाएका छन् ।

यी दस्ताबेजहरूमा इरानमा इजरायली आक्रमणको लागि सैन्य तयारीबारे उल्लेख छ । दस्ताबेज अमेरिकाको नेशनल जियोस्पेशियल इन्टेलिजेन्स एजेन्सीका हुन् । सो एजेन्सीले अमेरिकाको जासुसी उपग्रहहरूले खिचेका तस्बिर र जानकारीको विश्लेषण गर्ने गरेको छ ।

लिक भएका दस्ताबेजहरूमा इजरायली सैन्य अभ्यास र अपरेशनसम्बन्धी जानकारी समावेश छ । अमेरिकी मिडिया रिपोर्टकाअनुसार अक्टोबर १५ र १६ मा दुई कागजातहरू इरान समर्थक प्रयोगकर्ताहरूले टेलिग्राममा प्रसारित गरेका थिए । लिक भएको कागजातमा इजरायली सैन्य अभ्यासको विश्लेषण छ ।

यो अभ्यास इरानमाथि प्रतिकारात्मक आक्रमणको तयारी भएको देखिन्छ । यसैपनि इजरायल र इरानबिच लामो समयदेखि तनाव छदैँथियो । पछिल्लो समय यो झन बढ्दै गएको छ । केही समयअघि सिरियामा इजरायलले गरेको हमलामा इरानी सेनाका शीर्ष कमान्डरको मृत्यु भएपछि इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो ।

साथै, विगतमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह इजरायली आक्रमणमा मारिएपछि इरानले पनि इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो । इजरायलले इरानको आक्रमणको बदला लिने धम्की दिएको थियो ।

यस्तोमा चुहिएका दस्तावेजमध्ये एउटाको शीर्षक ‘इजरायल हवाई बल इरानमाथि आक्रमणको तयारी गर्दैछ’ रहेको छ । यसमा हालैको इजरायली सैन्य अभ्यासको रूपरेखा दिइएको छ । दोस्रो दस्तावेजमा हतियार र अन्य सैन्य सम्पत्तिहरू रणनीतिक स्थानहरूमा सार्ने इजरायली प्रयास देखिन्छ ।

लिक भएका यी दस्ताबेजहरूले इजरायलले इरानमाथि ठुलो आक्रमणको तयारी गरिरहेको थाहा हुन्छ । यी गुप्तचर दस्ताबेजहरू चुहावटले अमेरिकी सरकारमा कथित रूपमा हलचल मच्चाएको छ । अमेरिकी अधिकारीहरूले चुहावटको गम्भीरताप्रति सचेत भएका छन् । यसबारे अनुसन्धान गरिरहेका छन् ।

चुहावटको सही स्रोत अज्ञात छ, तर प्रारम्भिक सङ्केतहरूले कागजातहरू निम्न स्तरको अमेरिकी सरकारी कर्मचारीद्वारा चुहिएको हुन सक्ने देखाएको छ । यो सूचना कसरी चुहावट भयो र थप दस्ताबेज चुहिन सक्छन् कि भनेर रक्षा मन्त्रालय, अमेरिकी गुप्तचर एजेन्सीहरू र एफबीआई मिलेर अनुसन्धान गरिरहेका छन् ।

इरानमाथि ठूलो विध्वंशको बादल मडारिरहँदा यता लेबनान गाजाकै स्थितिमा पुग्न लागेको छ । इजरायली सेनाले लेबनान र गाजामा लगातार हमला गरिरहेको छ । पछिल्लो पटक इजरायल एयर फोर्सले दक्षिणी लेबनानमा ६५ भन्दा धेरै हिजबुल्लाहका लडाकुहरु मारिएको र १७५ भन्दा धेरै ठेगानाहरुलाई ध्वस्त पारेको जनाएको छ ।

ती ठेगानाहरुमा हिजबुल्लाहका हतियार, लन्चिंग पिट र अन्य आधारभुत ढाँचाहरु थिए । यता हिज्बुल्लाहले पनि शनिवार क्यासरियामा इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूको नीजि घरमा ड्रोन हमला गरेको थियो । नेतन्याहु सो बेला घरमा नभएकाले बाँचेको पनि बताइएको छ ।

हमलामा उनको घरमा क्षति पुगेको छ । लेबनानतर्फबाट ३ वटा ड्रोन प्रहार गरिएकामा एउटा नेतन्याहुको घरमा खसेको तर त्यहाँ उनी नबस्ने भएकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ । यो घटनाले भने मिडिल ईस्टमा हलचल बढाएको छ ।

यो घटनापछि नेतन्याहूले शनिवार नै बयान जारी गर्दै भनेका छन्, ‘इरानका जो जो एजेंटहरुले आज मेरो र मेरी पत्नीकोको हत्या गर्ने प्रयास गरे, तिनीहरुले एउटा ठूलो भूल गरे । अब युद्ध जारी राख्न कसैले पनि रोक्न सक्दैन र जसले पनि इजरायलीहरुलाई नोक्सान पुर्याउन खोज्छ उसले भारी मूल्य चुकाउनु पर्छ’ ।

यो हमलाले आफ्नो संकल्पलाई कमजोर पार्न नसक्ने पनि उनले बताए । इरानलक्षित उनले अगाडि भने, म बाचा गर्छु कि तपाइँका आतंकबादीहरुलाई सिध्याउने हमला जारी रहन्छ । हामीले गाजाबाट आफ्ना बन्धकहरुलाई फिर्ता ल्याउने छौं, हामी उत्तरमा आफ्ना नागरिकहरुलाई पनि फिर्ता ल्याउने छौं ।

यता शनिवार इजरायलको क्यासरियामा हिजबुल्लाहले हमला गर्नुको पछाडी त्यहाँ आईडीएफ र मोसादको सिक्रेट अफिस पनि रहेकाले हो । हिजबुल्लाहले हमला गर्नुको मुख्य कारण इजरायलको इन्फर्मेशन पवारलाई तोड्नु थियो । यसैबीच नेतन्याहूको बयानपछि इरानले पनि जवाफ दिएको छ ।

इरानी न्यूज एजेंसी ईर्नाले भनेको छ कि नेतन्याहूको घरमा हमला गर्नुको पछाडी लेबनान स्थित हिजबु्ल्लाहको हात छ । यसमा हाम्रो कुनै लेनादेना छैन । यता हिजबु्ल्लाले भने अहिलेसम्म हमलालाई स्वीकारेको छैन । यस्तै हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पनि प्रतिक्रिया दिएका छन् ।

उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै हमास जीवित थियो र जीवित रहने बताएका छन् । उनले कमाण्डर याह्या सिनवार आफ्ना सहिद साथीहरूसँग सामेल भएको उल्लेख गरेका छन् । इरानका सर्वोच्च नेताले भने, ’सधैँ झैँ हामी प्यालेस्टिनी मुजाहिदीन र योद्धाहरूको साथमा छौँ।

खामेनीले याह्या सिनवारको मृत्यु प्रतिरोधी मोर्चाका लागि दुःखद भएको बताए । तर शेख अहमद यासिन, फताही शाककी, रन्तिसी र इस्माइल हनियापछि पनि यो मोर्चा रोकिएको छैन र यो याह्या सिनवारको मृत्युपछि पनि अगाडि बढ्ने उनले बताएका छन् ।

सिनवारको मृत्यु पछि हमासको भविष्यप्रति प्रश्न उठिरहेका बेला इरानका सर्वोच्च नेताको भनाई आएको हो । यसैबीच याह्या सिन्वारको उत्तराधिकारी चयन गर्नका लागि अब छिट्टै छलफल सुरु हुने बताइएको छ ।

अहिलेसम्म सबैभन्दा बलियो उम्मेदवारका रूपमा गाजाबाहिर रहेका उक्त समूहका सबैभन्दा वरिष्ठ अधिकारी एवं सिन्वारका उपनेताका रूपमा काम गरेका खलिल अल–हायालाई हेरिएको छ । कतारमा बस्ने अल–हायाले हाल हमास र इजरेलबीचको युद्धविराम वार्तामा आफ्नो समूहको नेतृत्व गर्दै आएका छन् । उनीसँग गाजाको अवस्थाबारे राम्रो ज्ञान, सम्बन्ध र बुझाई छ ।

यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका केही भागका मानिसहरूलाई थप कारबाहीका लागि आफ्ना घर खाली गर्न आग्रह गरेको छ । इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा भनेका छन्, ‘तिमीहरू हिजबुल्लाहसँग सम्बन्धित भवनहरू नजिकै बसिरहेका छौ ।

जसविरुद्ध इजरायली सेनाले आगामी दिनमा कारबाही गर्नेछ । लेबनान र गाजालाई धुलो बनाइसकेको इजरायलले अब इरानमाथि ठूलो हमलाको तयारी गरेको भन्ने सार्वजनिक भएको अमेरिकी दस्तावेजबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top