×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इरानसँगको पारमाणविक सम्झौताबारे मंगलबार निर्णय हुने

२५ बैशाख २०७५

वासिङ्टन, २५ वैशाखः संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्ने भएका छन् ।

उनले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार साँझसम्ममा घोषणा गर्ने जानकारी सोमबारै दिएका थिए ।

उनले आफ्नो ट्वीटर अकाउन्टमार्फत भनेका छन् – मैले यस विषयमा मंगलबार साँझसम्ममा घोषणा गर्नेछु । यसअघि उनले इरानसँगको सो सम्झौता खारेज गरिने बताउँदै अएका छन् ।

पारमाणविका सम्बन्धका प्रतिबन्धहरु खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको भनिएको इरान र विश्वका शक्तिराष्ट्रबीच भएको उक्त अन्तर्राष्ट्रिय सहमतिको राष्ट्रपति ट्रम्पले विरोध गर्दै अएका छन् ।

तर अरु पारमाणविक शक्तिसम्बन्धी सम्झौताका हस्ताक्षरकर्ता बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिका सो सहमतिबाट पछि हट्न नहुने भन्दै आएका छन् ।

फ्रान्सका विदेशमन्त्रीले सोमबार नै आफूहरू उक्त सम्झौताको पक्षमा नै रहने जानकारी दिएका छन् । उनले अमेरिकाको निर्णय जेजस्तो आए पनि आफूहरु सहमतिकै पक्षमा रहीरहने स्पष्ट गरेका छन् ।

त्यसैगरी बृटिश विदेशमन्त्रीले पनि उक्त सहमति नतोड्न अमेरिकालाई आग्रह गरेका छन् । हाल वासिङ्टनमा रहेका बृटिश विदेशमन्त्री बोरिस जनसनले अमेरिकी सञ्चारमाध्यमहरुमार्फत सम्झौता खारेज नगर्न आग्रह गरेकेा समाचारमा जनाइएको छ ।

यस सम्झौता नतोड्न अमेरिकालाई सहमत गराउने प्रयासमा युरोपेली देशहरू पनि लागिरहेको बताइएको थियो । तर त्यसको परिणाम भने सकारात्मक नरहने देखिएको बताइन्छ ।

प्राय युरोपेली देशहरुले भने यसै हप्ताको अन्त्यसम्ममा उक्त पारमाणविक सम्झौताबारेमा अमेरिकाको निर्णय आउने अपेक्षा गरिएको थियो ।

तर यस विषयको निर्णय भने मे महिनाको अन्त्यतिर मात्र आउने अपेक्षा गरिएको थियो । सोमबार राष्ट्रपति ट्रम्पले यस विषयमा मंगलबार नै निर्णय गर्ने बताएका हुन् ।

अमेरिकाले उक्त सहमति खारेज गरे पनि आफूहरु भने उक्त सम्झौतामा अडिग रहने कुरा युरोपेली देशहरुले बताइरहेका बेला इरानले पनि सोही अडान राखेको छ ।

इरानले अमेरिकाले यदि उक्त सम्झौता खारेज ग¥यो भने उसले यसअघि कहिल्यै पनि नसोचेको समस्याको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top