×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इरान र रूसबीच रेलमार्ग निर्माण गर्ने सम्झौता

४ जेष्ठ २०८०

४ जेठ,एजेन्सी ।
रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । उत्तरी इरानी शहर राष्ट्र र अस्ताराबीच १६२ किलोमिटर लामो रेलमार्ग अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात मार्गको एक भागको रूपमा निर्माण गरिने इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।

इरानका राष्ट्रपति इब्राहिम राइसी र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनभिडियो कन्फरेन्समार्फत सम्झौता हस्ताक्षर समारोहमा सहभागी भएका थिए । सम्झौताअनुसार रूसले रणनीतिक रेलमार्ग निर्माणमा एक अर्ब ७३ करोड अमेरिकी डलर लगानी गर्नेछ जुन चार बर्षमा पूरा हुने अपेक्षा गरिएको छ ।

समारोहका क्रममा रायसीले इरानले युरेशियन इकोनोमिक युनियन (ईएईयू) का सदस्य राष्ट्रहरूसँग सहयोग विस्तार गर्ने योजना बनाएको बताउँदै द्विपक्षीय व्यापार शुल्कको उन्मूलन इरान, रूस र ईएईयू सदस्यहरूबीच सहयोग बढाउने दिशामा एक ठूलो कदम हुन सक्ने उल्लेख गरे ।

इरान र क्षेत्रीय अरब देशहरूमा खाद्य सुरक्षा सुनिश्चित गर्न आईएनएसटीसीलाई ‘मूर्त’ हिस्साको रूपमा वर्णन गर्दै पुटिनले करिडोरको पूर्णताले क्यास्पियन सागरको तटीय राज्यहरू र क्षेत्रीय अरब देशहरूबीच खाद्य र अन्य उत्पादनहरूको अधिक आदान–प्रदान हुन विश्वास व्यक्त गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धको अधीनमा रहेका इरान र रूसले हालै अमेरिकी कदमको सामना गर्न द्विपक्षीय राजनीतिक र आर्थिक सम्बन्ध विस्तार गरेका छन् । युक्रेन युद्धका दौरान रुसले इरानी ड्रोनसहितको हतियार प्रयोग गरिरहेको खबरहरु बाहिर आएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top