×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इलाम पुगेर नोवेलले गर्याे १३ सय बढीको निःशुल्क उपचार

२९ फाल्गुन २०८०

२९ फागुन , विराटनगर ।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा इलाममा १३ सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । इलामको फाकफोक थुम गाँउपालिका वडा नं. ७, इलामको आयोजना र नोवेलको प्राविधिक सहयोगमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।

फाल्गुन २५ र २६ गते आयोजना गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय बढी विरामीले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका हुन् ।

संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको अगुवाईमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विभिन्न संघ सस्थाहरुको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको छ ।

यसै क्रममा इलामको फाकफोक थुम गाँउपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, जेनेरल सर्जरी, हाड जोर्नी तथा नशा रोग, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग लगायतका विभागमा विशेषज्ञ चिकित्सकहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा १७५ जनाको अल्ट्रासाउण्ड (भिडियो एक्सरे), १२५ जनाको ई. सि. जि. २५० जनाको प्रयोगशाला परीक्षण र २५ जनाको दाँत खोलिएको छ भने ७३ जना विरामीलाई थप उपचारको लागि रिफर गरिएको छ ।

रिफर भएका विरामीको नोवेलमा आई उपचार गराउदा २५ प्रतिशत छुट हुने नोवेलका जनसम्पर्क अधिकृत नविन दाहालले बताएका छन् ।

स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता फाकफोक थुम गाँउपालिका वडा नं. ७ का अध्यक्ष छत्र लिम्बुले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अथिति फाकफोक थुम गाँउपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई अतिथी, समाजसेवी हर्क धमला, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top