×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इस्लाम धर्मावलम्बीको ‘रमजान’ शुरु

३ जेष्ठ २०७५

काठमाडौँ, ३ जेठ ः इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ आजदेखि शुरु भएको छ ।

अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ ।

राष्ट्रिय मुस्लिम आयोगका पूर्व सदस्य सचिव शम्शेर मियाँका अनुसार धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा (व्रत) राख्न नमिल्ने हुँदा सूर्योदय अगाडि बिहानको खाना (सेरी) खाने तथा साँझ सूर्यास्तपछि फलाहार (इफ्तार) गर्छन् । धनी तथा गरीब दुवैथरी धर्मावलम्बीले रोजा बस्ने र पवित्र ग्रन्थ ‘नमाज’ वाचन गर्ने र अन्य धार्मिक गतिविधि गर्छन् । इस्लाम धर्ममा पाँच आधारस्तम्भलाई महत्वपूर्ण मानिन्छ । त्यसमा नमाज पढ्ने, रोजा बस्ने, हज (तीर्थाटन), जकात (दान) र कल्मा पर्छ ।

धनी मानिसले वार्षिक समग्र आम्दानीको २.५ प्रतिशत गरीब, दुःखी तथा असहायलाई दान गर्ने परम्परालाई जकात र इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद तथा उनका उपदेशलाई कल्मा भनिन्छ ।

दैनिक पाँच पटक नमाज पढ्ने, नमाजअन्तर्गतको ‘तरबी’ ग्रन्थ वाचन गर्ने, नैतिकवान् भई अरुको सहयोगका लागि समर्पित हुने सन्देश रमजानले दिन्छ । धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्न रमजानको महत्व छ । धर्मावलम्बीले रमजान सकिएको एक महिनापछि इद पर्व मनाउँछन् । मियाँले मुलुकमा बसोबास गर्ने सबै जाति र समुदायको महत्वपूर्ण पर्वमा बिदा कटौती गर्न नहुने बताए । देशमा करीब ३० लाख इस्लाम धर्मावलम्बी रहेको बताइएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top