×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ईटहरीमा बस दुर्घटना ः एकको मृत्यु,३० जना घाईते

९ जेष्ठ २०७५

विराटनगर,जेठ ९ ःसुनसरीको इटहरी १ स्थित बरगाछी होम्स नजिकै पल्टिँदा एक युवकको घट्ना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा करीब ३० जना घाईते भएका छन् ।

सिराहाबाट धरान तर्फ जाँदै गरेको ना४ ख ४२५८ नम्बरको तिब्र गतिमा आएको बस सडकको यात्रु जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शी सबिता बस्नेतले भनिन् “बस तिब्र गतिमा आएको थियो झण्डै मलाई हान्यो उनले भनिन् । बस पल्टीएको देखे यात्रुहरु कराउँन थाले मलाई पनि निकै डर लागीरहेको थियो ।”

दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । करीब तिन दर्जन बढि यात्रुहरु घाईत भएको हुन सक्ने प्रहरीको भनाई छ ।

घाईतेहरुलाई तरहरा स्थित बिदान्त क्लिनिक र धरान स्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर राजन कार्कीले वताए ।

प्रहरीको अनुसार अहिले सम्म १६ जना घाईतेहरुको नाम खुलेको छ ।

अन्य घाईतहरुको नाम संकलन कार्य भईरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top